site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ललितपुर अदालतमा तामाङ र लामिछानेबीच हानाहान– सीसीटीभी पनि ‘ब्याकअप छैन’ !
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुर जिल्ला अदालतमा गएको बुधबार नायब सुब्बा प्रेमिका तामाङ र कानुन व्यवसायी अमिर लामिछानेबीच भएको विवादले देशभरका अदालतको कामकाज नै प्रभावित बनेको छ ।

लामिछानेले अदालतको आदेश हेर्नका लागि फाइल मागेको र तामाङले आनाकानी गरेपछि विवाद भएको दुवै पक्षले स्वीकार गरेको अवस्था छ । विवादका क्रममा तामाङलाई चोट लागेको थियो । उनले लगाइरहेको सर्ट च्यातिएको थियो ।

अधिवक्ता लामिछाने सो जिल्ला अदालतमा गइरहने कानुन व्यवसायीमध्येका एक हुन् । अदालतका कुनै कर्मचारीसँग यसअघि लामिछानेको विवाद भएको आफ्नो जानकारीमा नरहेको अदालतकै एक कर्मचारीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

नासु तामाङ हालै काठमाडौं जिल्ला अदालतबाट बढुवा भई त्यहाँ गएकी हुन् । उनी कर्मचारी संगठनको सदस्य समेत हुन् । कडा स्वभावकी तामाङको बोली रुखो रहेको कर्मचारी र कानुन व्यवसायी बताउँछन् ।

सधैँजस्तो उक्त दिन (बुधबार) अपराह्न करिब ४ बजे इजलासबाट मिसिलहरू फाँट (शाखा)मा आइपुगेको थियो । लामिछानेले प्रतिनिधित्व गरेको मुद्दाको मिसिल समेत त्यसमा थियो ।

Global Ime bank

अदालतमा बिहान करिब साढे १० बजे त्यस दिन हुने मुद्दाको पेसी तोकिन्छ । पेसी तोकिएसँगै विभिन्न फाँटमा रहेका मुद्दाका मिसिल सम्बन्धित न्यायाधीशको इजलासमा पठाइन्छ । इजलासबाट बेलुका मिसिल फाँटमै फर्काइन्छ । मिसिल फाँटमा आइपुगेपछि आफ्नो मुद्दामा आदेश भएको भए त्यो हेर्नलाई कानुन व्यवसायीको भीड लाग्ने गर्छ ।

उक्त दिन पनि सुनुवाइपछि इजलासबाट मिसिल फाँटमा आइपुगेको थियो । लामिछानेले फाँटमै बसेर मिसिल पढ्न सुरु गरेको प्रत्यक्षदर्शी बताउँछन् । त्यसपछि तामाङले झर्किंदै लामिछानेलाई आदेशको प्रतिलिपि लिएर पढ्न भनिन् । लामिछानेले तामाङको कुरा नसुनेजस्तो गरे । अनि, नासु तामाङले आदेश हेर्न अदालतका स्रेस्तेदार विष्णुप्रसाद पाण्डेयसँग अनुमित लिएर आउन भन्दै लामिछानेलाई पठाइन् । स्रेस्तेदारले समेत प्रतिलिपि नै लिएर आदेश हेर्न आग्रह गरेपछि लामिछाने फाँटमै फर्किए । उनले फाँटमा पुगेर फेरि मिसिल पल्टाउन सुरु गरेपछि विवाद सुरु भएको प्रत्यक्षदर्शीको भनाइ छ ।

प्रत्यक्षदर्शीका अनुसार मिसिल पल्टाउन थालेपछि तामाङले आफू बसिरहेको कुर्सीबाट उठेर लामिछानेलाई ठेल्न खोजेकी थिएन् । तर, उचाइमा तामाङ लामिछानेभन्दा निकै होचो र टेबलले समेत छेक्ने भएकाले ठेल्न सकिनन् । त्यसपछि लामिछानेले प्रतिकारस्वरूप तामाङमाथि मुक्का प्रहार गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

मुक्का तामाङको ओठमा लागेको हुन सक्ने र विवाद सुल्झाउने क्रममा उनको सर्ट च्यातिएको प्रत्यक्षदर्शी बताउँछन् ।

त्यसलगत्तै तामाङ आफैँ स्रेस्तेदार पाण्डेयको कार्यकक्षमा गएर घटनाको सीसीटीभी फुटेज हेर्न माग गरेकी थिइन् । आफूमाथि कुटपिट गरिएको त्यसमा छर्लंग देखिने उनको अपेक्षा थियो । तर, पाण्डेयले सीसीटीभीको ‘ब्याकअप स्पेस’ सकिएर यसअघि नै सर्वोच्च अदालतलाई आवश्यक व्यवस्था मिलाइदिन भनिएको उनलाई सुनाए । सोही कारण उक्त घटनाको मुख्य प्रमाण नै अदालतमा रहेन ।

पाण्डेय त्यस दिन अरू दिनभन्दा चाँडै कार्यालयबाट निस्किएका थिए ।

“उहाँ सधैँ ७ बजेजस्तो जानुहुन्थ्यो । तर, उक्त दिन विवाद मिलाउन प्रयत्न नै नगरी उहाँ निस्किनुभयो,” घटना देखेका अदालतका ती कर्मचारीले बाह्रखरीसित भने ।

अदालतका एक नम्बरका न्यायाधीश सूर्यप्रसाद पराजुलीसमेत उक्त घटनालगत्तै कार्यालयबाट निस्किएका थिए ।

कर्मचारी र कानुन व्यवसायीबीचको विवाद जिल्ला प्रशासन कार्यालय ललितपुरसम्म पुग्यो । लामिछानेविरुद्ध अभद्रमा व्यवहारमा मुद्दा अघि बढाइयो । बुधबारै पक्राउ गरिएका उनी हिजो (आइतबार)सम्म प्रहरी हिरासतमा रहे । आइतबार लामिछानेलाई साधारण तारेखमा छाडियो ।

उक्त घटनाको सीसीटीभी फुटेज सार्वजनिक गर्न कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले अदालत प्रशासनलाई दबाब दिइरहेको छ । अदालतले भने फुटेजको ब्याकअप नै नभएको जिकिर गर्दै आएको छ । दुवै पक्ष आरोप–प्रत्यारोपमा उत्रिएका छन् । आन्दोलन गरेका छन् ।

आइतबार अदालतका कर्मचारीले दिउँसो साढे १ बजेसम्म ‘पेन डाउन’ गरे । काम गरेनन् । कर्मचारीको अन्दोलन सकिएसँगै कानुन व्यवसायीले आइतबारैदेखि इजलास बहिष्कार गरे । देशभरका कानुन व्यवसायीले सोमबार बन्दीप्रत्यक्षीकरणका रिटबाहेकका मुद्दामा बहस नगर्ने घोषणा गरे ।

घटनाको मुख्य दुई पाटोलाई लिएर कानुन व्यवसायी आन्दोलित छन् । पहिलो, अदालतजस्तो निकायको सीसीटीभी फुटेजको ब्याकअप नराखिनु । दोस्रो, फाँट व्यवस्थापन ।

सोमबार ललितपुर जिल्ला अदालतअगाडि आयोजित विरोधसभाका क्रममा नेपाल बारका पूर्वउपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले अदालतमा सीसीटीभी नहुनु भ्रष्टाचारको लाइसेन्स वितरण गर्नुसरह भएको बताए ।

“अर्थ मन्त्रालयमा सीसीटीभी फुटेज हुँदैन । अदालतमा सीसीटीभी छैन । हाम्रो देश कता जाँदै छ ?,” उनले प्रश्न गरे, “अदालतमा सीसीटीभी फुटेज छैन भनेर वास्तवमा झुक्याइँदै छ । नियोजित रुपमा सीसीटीभी जडान हुँदैन भने यसलाई कसरी लिने ?”

ललितपुर जिल्ला अदालतले ‘अरिंगालको गोलोमा हात हालेको’ चेतावनी अधिवक्ताहरूले दिएका छन् । लामिछानेमाथिको मुद्दा फिर्तालगायत आफूहरूका माग पूरा नभई आन्दोलन नरोकिने उनीहरूले बताएका छन् ।

अदालतमा भ्रष्टाचार नै फाँटबाट सुरु हुने उनीहरूको आरोप छ । अधिवक्ता भोजराज आचार्यले आफूले प्रतिनिधित्व गरेको मुद्दाको आदेश हेर्न समेत ‘घुस’ दिनुपर्ने प्रवृत्ति हटाउनुपर्ने बताए । उनले फाँट व्यवस्थापन समेतमा सुधारको माग गरे ।

उक्त घटनामा आदेश हेर्न दिनका लागि नासु तामाङले रकम मागेको कानुन व्यवसायीले दाबी गरेका छन् । लामिछानेविरुद्ध अभद्र व्यवहारमा प्रशासनमा रहेको मुद्दा र अदालतमै पेस गरिएको अवहेलनाको मुद्दा फिर्ता लिन नेपाल बारले माग गरेको छ ।

यस्तै, अदालतका कर्मचारीले यो विवादलाई बढाएर न्यायाधीश नियुक्तिसम्म जोड्न खोजेको भन्दै कानुन व्यवसायीले आपत्ति जनाएका छन् । यसअघि, अदालतका कर्मचारी संगठनसहित न्यायाधीशहरूले उच्च र सर्वोच्च अदालतमा न्याय सेवाका कर्मचारी र जिल्ला न्यायाधीशहरूलाई प्राथमिकता दिनुपर्ने माग गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !