site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपालमा थप विश्वविद्यालयको आवश्यकता छैन : खिमलाल देवकोटा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालयको आवश्यक नरहेको बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ माथिको सैद्धान्तिक छलफलमा देवकोटाले नेपाल सरकारको थिङ्क ट्याङ्कका रूपमा रहेको नेपाल नीति अनुसन्धान प्रतिष्ठानको प्रतिवेदनमा पनि नेपालमा थप विश्वविद्यालय आवश्यक नभएको उल्लेख गरिएको बताए । 

"प्रदेशले पनि धमाधम विश्वविद्यालय बनाउने अनि नेपाल सरकारले पनि धमाधम विश्वविद्यालय बनाउने कामहरू नहोस् भन्ने मेरो अनुरोध हो । र, के, कति विश्वविद्यालय आवश्यक छ ? सबैभन्दा पहिलो एउटा शिक्षा नीति ल्याऊ । अनि, उच्च शिक्षासम्बन्धी एउटा छाता ऐन पनि ल्याऊ । शिक्षा नीति, छाता ऐनलाई टेकेर विश्वविद्यालय थप आवश्यक छ भने बनाऔँ भनेर मैले पटकपटक भनेको छु । अहिले त कस्तो भइदियो भने विश्वविद्यालय पनि च्याउ उम्रिदाझैँ उम्रन थाले," उनले भने । 

सांसद देवकाटाले वित्तीय र भौतिक पूर्वाधार केही पनि नभएकाले अहिले नेपालमा विश्वविद्यालय खोल्न आवश्यक नरहेको तर्क गरे ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्