site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डाक्नेश्वरीकी उपप्रमुख भारतीय नागरिक भएको आरोप, अदालतमा मुद्दा दायर
Tiktok banner adTiktok banner ad

जनकपुरधाम । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादवविरुद्ध किर्ते नागरिकता लिएको आरोपमा मुद्दा दर्ता भएको छ । उच्च अदालत जनकपुरको राजविराज इजलासले परमादेश जारी गरेपछि आइतबार जिल्ला अदालत सप्तरीमा उपप्रमुख मिरा र उनका पति महेन्द्रविरुद्ध मुद्दा दर्ता गरिएको सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

डाक्नेश्वरी नगरपालिकाका कृष्णकुमार यादवले उपप्रमुख मिरा र उनका श्रीमान् भारतीय नागरिक रहेको दाबी गर्दै आएका छन् । उनीहरूले किर्ते कागजात पेस गरेर नेपाली नागरिकता लिएको आरोप कृष्णकुमारको छ । प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि उनले उच्च अदालत जनकपुरको राजविराज इजलासमा रिट निवेदन दिएका थिए उच्च अदालतबाट परमादेश जारी भएको १० दिनपछि आज जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

उच्च अदालतले असार ६ गते मुद्दा दर्ता गर्न परमादेश दिएको थियो । 

उपप्रमुख मिरा र उनका पति महेन्द्र भारतको बिहार राज्यको सुपौल जिल्लाको मझारी ग्रामका बासिन्दा रहेको र किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको उनको दाबी छ ।

उनीहरूले सप्तरीको साविक औरही गाविस वडा नम्बर–३ (हाल डाक्नेश्वरी नगरपालिका–६) बाट झुठो विवरणको आधारमा नागरिकता लिएको आरोप लागेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  २१:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro