site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बेइमानका लागि रास्वपाको ढोका खुला छैन : सभापति लामिछाने
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेइमानलाई पार्टीमा राख्न नसक्ने बताएका छन् ।

आइतबार गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले पार्टी प्रवेश गर्नेहरु धेरै भए पनि आफूले अबिर, फूलमाला लगाएर प्रवेश नगराएको बताए ।

Argakhachi Cement Island Ad

केही स्वार्थीहरु पार्टी प्रवेशका लागि चिहाउँदै गरेको भन्दै उनले इमान नभएकाहरुलाई पार्टीमा स्थान नरहेको बताए । उनले स्वार्थका लागि पार्टी प्रवेश गर्न लागेकाहरुलाई पार्टीले नियालिरहेको बताए ।

“हाम्रो पार्टीमा निरन्तर विभिन्न पार्टीबाट प्रवेश गर्ने क्रम चलेको छ । हामीले लाइन लगाएर टीका लगाउँदै प्रवेश नगराएको मात्रै हो, त्यो गरेको भए झनै धेरै देखिन्थ्यो,” उनले भने, “केही स्वार्थ भएका साथीहरु चिहाउँदै हुनुहुन्छ, त्यो नदेखेको होइन, पार्टीले देखेको छ, तर चिन्ता गर्नुपर्दैन ।”

सभापति लामिछानेले पार्टीमा स्वार्थीहरु प्रवेश गरेर पार्टी कब्जा हुने हो कि भन्ने चिन्ता नलिन शुभेच्छुकहरुलाई आग्रह गरे ।
 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्