site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एसईईको नतिजा बुधबारभित्र निकाल्ने तयारी, ग्रेडिङ पुरानै प्रणालीमा हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यही साता निकाल्ने तयारी गरेको छ । त्यसका लागि अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारले जानकारी दिए ।

“बुधबारसम्म नतिजा प्रकाशित गर्ने गरी काम भइरहेको छ । अन्तिम चरणका केही काम बाँकी छन्, ती काम सकिएलगत्तै बोर्ड बैठक बसी नतिजा सार्वजनिक गरिन्छ,” गोदारले भने ।

यस वर्षको नतिजामा बोर्डल पुरानै ग्रेडिङ प्रणालीअनुसार ग्रेड छुट्याउने भएको छ ।  यस वर्ष एसईई दिएका विद्यार्थीले पुरानै पाठ्यक्रम अनुसार पढेकाले नयाँ पाठ्यक्रम अनुसार पढाइ हुन थालेपछि मात्रै नयाँ ग्रेडिङ लागु गर्ने तयारी भएको गोदारले बताए । ग्रेडिङबारे बोर्डले अन्तिम निर्णय गर्न भने बाँकी छ । 

सरकारले गत वर्षको एसईई नतिजामा नै लागु गर्ने गरी ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ तयार पारेको थियो । निर्देशिका अनुसार विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ । 

तर, गत वर्ष कोरोना महामारीको असरका कारण पठनपाठन सहज नभएको र विद्यार्थीमा मार पर्ने भन्दै बोर्डले पुरानै ग्रेडिङ प्रणालीअनुसार नतिजा निकालेको थियो । 

०७९ चैत १७ गतेदेखि भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro