1643196221.jpg)
काठमाडौं । कलाकार दीपकराज गिरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच तुलना नगर्न आग्रह गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले यी नेताहरूप्रति जनताको विश्वास चुलिँदो रहेको उल्लेख गरेका छन् । तर, उनीहरूबीच तुलना गरिनु जायज नहुने उनको भनाइ छ ।
बालेन र हर्क कार्यकारी पदमा रहेको तर रवि अहिले त्यस्तो स्थानमा नभएको भन्दै उनले तुलना गर्नु उपयुक्त नहुनेमा जोड दिएका छन् ।
“...उनीहरूले गरेको कामअनुसार समर्थन र सचेत गराउनु राम्रो होला,” कलाकार गिरीले फेसबुकमा लेखेका छन्, “उनीहरूबीच नै प्रतिस्पर्धी भावना उत्पन्न गराउनु भनेको पुरानै प्रवृत्तिलाइ जिताउनु हो ।”