site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
साउदीमा नेपालीको मृत्यु : २००४ देखि वाणिज्य दूतावासमा सुरक्षा गार्ड थिए सिंह
Sarbottam CementSarbottam Cement

काठमाडौं । साउदी अरबको जेद्दामा गोली लागेर मृत्यु भएका एक नेपालीको शव त्यहाँको अस्पतालमा राखिएको छ । जेद्दास्थित अमेरिकी महावाणिज्य दूतावासबाहिर गोली प्रहारबाट नेपाली सुरक्षा गार्डको मृत्यु भएको हो ।

यही असार १३ गते स्थानीय समयानुसार बेलुका करिब पौने ७ बजे भएको घटनामा बागलुङका ६० वर्षीय नैन सिंहले ज्यान गुमाएको साउदीस्थित नेपाली राजदूतावास स्रोतले जानकारी दिएको छ ।

सिंह महावाणिज्य दूतावासको सुरक्षामा खटिएका थिए । कार्यस्थलमै रहेका बेला उनलाई गोली लागेको थियो । गोली प्रहार गर्नेको विवरण सार्वजनिक गरिएको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

दूतावास स्रोतका अनुसार सिंह सन् २००१ देखि साउदीमा थिए । उनी २००४ देखि एक कम्पनीमार्फत अमेरिकी महावाणिज्य दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए ।

उनको मृत्युबारे परिवारलाई जानकारी गराइसकेको दूतावासले जनाएको छ । उनका एक छोरा साउदीकै रियादस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत छन् ।

Global Ime bank

“परिवारलाई जानकारी गराइसक्यौँ । उहाँका छोरा अमेरिकी दूतावास रियादमा कार्यरत हुनुहुन्छ,” जेद्दास्थित नेपाली नियोगका एक अधिकारीले बाह्रखरीसित भने “शव अस्पतालमा छ । आवश्यक प्रक्रिया पूरा भएपछि नेपाल पठाइन्छ ।”

शव नेपाल ल्याउन समय लाग्ने
सिंहको शव नेपाल ल्याउन अझै केही समय लाग्ने दूतावासले जनाएको छ । दूतावासका अनुसार सामान्य स्थितिमा साउदीमा मृत्यु भएका व्यक्तिको शव नेपाल ल्याउन २०/२५ दिन लाग्ने गरेको छ ।

सिंहको मृत्यु गोली प्रहारबाट भएको र घटनाको विस्तृत अनुसन्धानको प्रक्रिया पूरा गर्दा केही ढिलाइ हुन सक्ने ती अधिकारीले बताए ।

“सामान्य अवस्थामै यहाँबाट शव लैजान २०/२५ दिन लाग्छ । यो घटना अलि असहज हो । यसको विस्तृत अनुसन्धान हुन्छ । समय लाग्छ । त्यसपछि मात्र शव पठाउने प्रक्रिया सुरु हुन्छ,” ती अधिकारीले भने ।

कम्पनीले आफ्नै खर्चमा सिंहको शव नेपाल पठाउनेछ । “उहाँ कम्पनीमार्फत कार्यरत हुनुहुन्थ्यो । कम्पनीले आफ्नै खर्चमा शव पठाउँछ,” ती अधिकारीले भने, “त्यसका लागि दूतावासका तर्फबाट गर्नुपर्ने कोअर्डिनेस हामीले गर्छौँ/गरिरहेका छौँ ।”

ती अधिकारीका अनुसार घटनाको अनुसन्धान पूरा नहुन्जेल सिंहको शव अस्पतालमै रहनेछ । साउदीमा आजसम्म सार्वजनिक बिदा रहेको र त्यहाँको सरकारी पक्षले घटनाबारे अहिलेसम्म कुनै जानकारी नगराएको ती अधिकारीले बताए । आफूहरूले सिंह आबद्ध कम्पनी र महावाणिज्य दूतावासमार्फत जानकारी हासिल गरेको उनले बताए ।

“आजसम्म इदको बिदा छ । हाम्रो अफिसचाहिँ खुला हो । बिदा सकिएपछि घटना र अनुसन्धानबारे औपचारिक जानकारी पठाउँछन् होला,” ती अधिकारीले भने, “त्यसैले घटना के भएको हो भन्ने स्पष्ट छैन । अनुसन्धान साउदीकै सरकारी पक्षले गर्ने हो ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement