site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सरकारले छापामार शैलीमा विधेयक ल्यायो, अन्दाजको भरमा छलफलमा बस्नुपरेको छ’ 

काठमाडौं । आइतबार दुई वटा प्रतिनिधिसभा बैठक बस्यो । बिहान ११ बजे बोलाइएको बैठक केही ढिला गरी सुरू भयो ।

बैठकको सुरुआतमै सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट पास भएर आएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० टेबल गर्न अनुमति दिए । 

त्यसपछि बैठक सकियो र १५ मिनेट पश्चात् अर्को बैठक बस्ने उनले जानकारी गराए । मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख २० मा अध्यादेश जारी गरेका थिए । 

मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम उनले अध्यादेश जारी गरे । असार २० गते अध्यादेश जारी भएको ६० दिन पुग्छ । संविधानको धारा ११४ को उपधारा २ ‘ग’ मा ६० दिनभित्र संसद्ले स्वीकार नगरे अध्यादेश निष्क्रिय हुने उल्लेख छ । 

संवैधानिक व्यवस्थाबमोजिम ६० दिन पुग्न तीन दिन मात्र बाँकी छ । विधेयक टेबल भएपश्चात् त्यसमाथिको सैद्धान्तिक छलफल र संशोधनसहितको प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समय दिनुपर्ने प्रतिनिधिसभा बैठक सञ्चालन नियमावाली २०७९ मा व्यवस्था गरिएको छ । 

त्यसकारण यो प्रकृया पुरा गर्न आइतबारनै दुईवटा बैठक राखिएको हो । बैठक राखिएपनि यसमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुने सांसदहरूले सरकारले अध्यादेशलाई संसद्को अंग बनाउने प्रकृया ढिलागरी अघि बढाएको भन्दै विरोध गरेका छन् । 

दोस्रो बैठकको सुरुआतमै कानुनमन्त्री धनराज गुरुङ्ले विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव पेस गरेका थिए । त्यसपश्चात् सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी सत्ता पक्षकै सांसदहरूले पनि हतारोमा विधेयक अघि बढाइएको भन्दै आपत्ति जनाएका थिए । 

छलफलको सुरुआतमै बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) प्रमुख सचेतक पदम गिरीले सरकारको रवैयाको विरोध गरेका थिए । वैशाख २७ गतेदेखि असार ५ सम्म सरकार चिर निद्रामा परेको र हतारमा असार ११ गते राष्ट्रियसभाको फुल हाउसबाट हतार–हतार विधेयक पारित गरेको छलफल नगरी विधेयक पारित गरेको बताए । 

उनले एकै दिन दुई पटक बैठक बसेर विधेयक टेबल गर्ने र छलफल गर्ने वातावरण बन्नु सरकारको चरम लापारवाही र गैरजिम्मेवारीका कारण भएको बताए । 

“राष्ट्रियसभाले फास्ट ट्रायकबाट पारित गरेको छ । यहाँ डकुमेन्ट हाम्रो हातमा छैन तर पनि छलफलमा बस्नुपरेको छ,” उनले भने, “संसद्लाई गुम्राहमा राख्नेगरी विधेयक पास गर्न सरकारले खोजेको छ । जनता र सदनलाई गुम्राहामा राख्ने काम सरकाले गरिरहेको छ, यो चेष्टा नगरोस् ।” 

यस्तै सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विधेयक बनाउने र पारित गर्ने अहिलेको परिपार्टीलाई बदल्नुपर्ने बताए । उनले विधेयकहरूलाई बास्केटमा राखेर रोस्टरमा राख्ने तथा चेक लिस्ट बनाएर समयमै निर्माण गर्न लाग्नुपर्ने बताए । 

“अन्तिम परेपछि काम गर्ने कार्यशैली बदलौं र विधेयकहरूलाई बास्केटमा राखेर रोस्टरमा राखेर तत्काल विज्ञान प्रविधिको विकास र समाज विकासको क्रमअुनसार के–के विधेयकहरू आवश्यक हुन् भन्ने कुरा चेक लिस्ट बनाएर काम गरौं,” उनले भने । 

सत्तारूढ दल जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादव र अर्का सांसद राजकिशोर यादवले पनि विधेयक ल्याउने सरकारको शैलीप्रति आपत्ति जनाए । 

प्रमुख सचेतक यादवले विधेयक हतार–हतारमा ल्याउनु सरकारको लापारवाही भएको भन्दै यसरी विधेयक आउँदा तयारी गर्न नपाईने अध्ययन गर्न नपाइने भएकाले अन्दाजको भरमा बोल्नुपर्ने अवस्था रहेको बताए । 

सांसद यादवले त सरकारले छापामार शैलीमा विधेयक ल्याएको भन्दै विरोध जनाए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले विधेयकहरू हतारमा ल्याएर फुर्सदमा पछुताउने खालेको हुन नहुने जिकिर गरे । 

रास्वपाकै अर्का सांसद गणेश पराजुलीले संसदीय समिति बनिसकेको अवस्थामा विधेयक किन ढिला पेस गरेको भन्दै सरकारको जवाफ माग गरे । 

राप्रपा सांसद रोशन कार्कीले कानुनमन्त्री सज्जन व्यक्ति लाग्थ्यो भन्दै हतारमा किन विधेयक ल्याएको भन्दै प्रश्न गरिन् । सांसद भगवती चौधरीले विधेयक टेवल गर्ने दिन सांसदहरूले जानकारी पाउनुपर्ने भन्दै तयारी गर्न नपाएको बताइन् । 

सत्तारूढ दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले जरुरी र आवश्यक विधेयक ल्याए पनि प्रकृयामा गुनासो गर्नुपर्ने स्थिति सृजना गर्नु राम्रो होइन भन्दै यसलाई सम्बोधन गर्नुपर्ने बताए । उनले यति लामो समयसम्म मिटरब्याजीको क्षेत्रमा राज्यको उपस्थिति किन हुन सकेन भन्दै प्रश्न गरे ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro