site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिटरब्याजीसम्बन्धी अध्यादेशका कारण संसद् बैठक १५ मिनेटका लागि स्थगित
फाइल तस्बिर ।

काठमाडौं । सरकारले गत वैशाख २० मा जारी गरेको मिटरब्याजीसम्बन्धी समस्या अध्यादेशलाई संसद्को अंग बनाउने तयारी गरेको छ । 

जसका लागि आइतबारको दुई वटा प्रतिनिधिसभा बैठक बस्ने भएको छ । केही बेर अघि बसेको प्रतिनिधिसभा बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ टेबल गर्दै बैठक सम्पन्न भएको छ । 

सभामुख देवराज घिमिरेले १५ मिनेट पश्चात् अर्को बैठक बोलाएका छन् । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाका अनुसार टेबल भएको विधेयकलाई प्रकृयामा लैजान आज दुई वटा बैठक बस्न लागेको हो । 

“मिटरब्याजपीडितसँग जोडेर सरकारले अध्यादेश ल्याएको थियो । त्यो ६० दिनभित्र सदनबाट पास हुनुपर्छ,” उनले भने, “५७ दिन पुगिसक्यो सरकारले अनटाइमा गर्न सकेन । राष्ट्रियसभाले पास गरिसकेको छ । हाम्रो नियमावालीअनुसार सदनमा पेस गरेको ७२ घण्टा संसोधनको समय दिनुपर्छ । त्यसकारण २० गते त्यसै जाने हो । आजै टेबल गरेर आजै सैद्धान्तिक छलफलमा लानुपर्ने भएर सुरुमै विधेयक टेबल गरियो । अब दोस्रो बैठकमा सैद्धान्तिक छलफल गर्न पर्ने भएर ब्रेक गरेको प्रकृया पुराएको हो ।” 

मिटरब्याजपीडितको एक समूहसँग गत चैत १७ गते गरेको सहमतिअनुसार सरकारले कानुन संशोधन गर्न अध्यादेश ल्याएको हो । मिटरब्याजलाई अनुचित लेनदेनको रूपमा परिभाषित गरी कानुनी रूपमा दण्डनीय बनाउन उक्त अध्यादेश ल्याएको हो । 

अध्यादेशमार्फत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता संशोधन गर्न लागेको छ । संविधानको धारा ११४ को उपधारा २ ‘ग’ मा ६० दिनभित्र संसद्ले स्वीकार नगरे अध्यादेश निष्क्रिय हुने उल्लेख छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro