site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
स्कटल्यान्डले वेस्ट इन्डिजलाई हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्डले वेस्ट इन्डिजलाई सात विकेटले हराएको छ । 

शनिबार जिम्बाब्वेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा दुईपटकको एकदिवसीय विश्वकप विजेता वेस्ट इन्डिजले प्रस्तुत गरेको १८२ रनको लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

Dabur Nepal
NIC Asia

स्कटल्यान्डको जितमा म्याथ्यु क्रसले अविजित ७४ रन बनाए । ब्रान्डन म्याकमुलमले ६९, जर्ज मुन्सेले १८ र कप्तान रिची बेरिङ्टनले १३ रन जोडे ।

वेस्ट इन्डिजका जासन होल्डर, रोमारियो सेफर्ड र अकेइल हुसैनले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले ४३.५ ओभरमा सबै विकेट गुमाएर १८१ रन बनाएको थियो ।

वेस्ट इन्डिजका जासन होल्डरले ४५ रनको योगदान गरे । रोमारियो सेफर्डले ३६, ब्रान्डन किङले २२, निकोलस पुरनले २१ र केभिन सिनक्ल्याइरले १० रन जोडे ।

स्कटल्यान्डका ब्रान्डन म्याकमुलमले तीन विकेट लिए । क्रिस सोल, मार्क वाट र क्रिस ग्रेभेसले समान दुई विकेट लिए ।

छनोटको सुपर सिक्समा जिम्बाब्वे र ओमानसँगै वेस्ट इन्डिज, श्रीलंका, स्कटल्यान्ड र नेदरल्यान्ड छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०८०  २१:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro