site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुढाले जितिन् हाफ म्याराथनको उपाधि
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रथम महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबकी राममाया बुढाले जितेकी छन् ।

सशस्त्र प्रहरी परिवार महिला संघको २२औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित दौडको २१ किलोमिटर दूरी उनले एक घण्टा २६ मिनेट नौ सेकेन्डमा पूरा गरिन् ।

एपीएफ क्लबकी बिन्दाधन्के श्रेष्ठ एक घण्टा २७ मिनेट २७ सेकेन्डमा दौड पूरा गरेर दोस्रो भइन् । तेस्रो भएकी त्रिभुवन आर्मी क्लबकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले एक घण्टा २७ मिनेट ५० सेकेन्डमा दौड पूरा गरिन् ।

विजेता बुढाले एक लाख रुपैयाँ पुरस्कार पाइन् । उपविजेता बिन्दाधन्केले ७५ हजार र पूर्ण राज्यलक्ष्मीले ५० हजार रुपैयाँ प्राप्त गरिन् ।

एक घण्टा ३२ मिनेट १८ सेकेन्डमा दौड पूरा गर्दै एपीएफ क्लबकी आशा राउत चौथो र एक घण्टा ३२ मिनेट २८ सेकेन्डमा दौड पूरा गरेकी पुलिस क्लबकी सुमित्रा चौधरी पाँचौँ भइन् । उनीहरूले क्रमशः २५ र १५ हजार रुपैयाँ जिते ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro