site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रिलायबल नेपाल लाइफलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन अनुमति

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रतिकित्ता २५७ रुपैयाँमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । 

कम्पनीलाई १०० अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।

कम्पनीले एक करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट आज (असार १५ गते) अनुमति पाएको छ ।

कम्पनीले सुरूमा सेबोनमा आईपीओ निष्कासनको अनुमति माग्दा ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ बिक्रीको अनुमति मागेको थियो । कम्पनीले उक्त प्रिमियम मूल्य पछि बढाउँदै १९९ थपेर प्रतिकित्ता २९९ रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति मागेको थियो ।

बोर्डले भने कम्पनीलाई अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ जारी गर्न अनुमति दिएको छ । कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro