site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेले बाँकी रहेको सत्ता पनि गुमायो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले) केन्द्रसहित सबै प्रदेशमा सत्ताविहीन भएको छ । 

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदमुक्त भएका छन् । ०७९ को पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका कार्की एक मत कम हुँदा पदमुक्त भएसँगै एमाले सबैतिर प्रतिपक्ष बनेको छ । 

बहुमतका लागि ४७ मत आवश्यकता थियो । कार्कीको पक्षमा ४६ मत पर्‍यो भने विपक्षमा ४३ मत परेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

कोसीमा विपक्षीहरूको पक्षमा पनि बहुमत नभएकाले कसको सरकार बन्छ भन्ने अन्यौलता बढेको छ । एमालेले यसअघि नै केन्द्रसहित अन्य प्रदेशमा प्रतिपक्ष बनिसकेको छ । 

कहिले बन्यो, कहिले गुुम्यो ? 
गएको पुस १० गते तत्कालीन चुनावी गठबन्धन भत्काउँदै एमालेले सात दलको समर्थनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको थियो । 

Global Ime bank

एमालेले केन्द्रीय सरकारमा उपप्रधानसहित आठ मन्त्री पाएको थियो । एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपपप्रधानसहित अर्थमन्त्री बनेका थिए । नयाँ गठबन्धन निर्माण हुँदा एमालेले कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको मुख्यमन्त्री पाएको थियो । अन्य प्रदेशमा पनि मन्त्री पाएको थियो । 

राष्ट्रपतिको निर्वाचनमा चुनावी गठबन्धन नै ब्युँतिएपछि गएको फागुन १५ गते एमाले केन्द्रीय सरकारबाट बाहिरिएको थियो । ६४ दिनमा नै केन्द्रीय गठबन्धन फेरिएपछि अन्य प्रदेशको नेतृत्व गुमायो । 

सुदूरपश्चिममा भने गठबन्धन नटुट्दै एमाले सत्ताविहीन बन्न पुगेको थियो । सुदूरपश्चिममा पुस २७ मा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए । एक महिना नपुग्दै माघ २६ गते विश्वासको मत पाउन सकेनन् । सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भए । 

त्यस्तै, लुम्बिनीमा पुस २७ मा एमालेका लीला गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । वैशाख ११ मा गिरीले प्रदेशको विश्वास जित्न सकेनन् । 

लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरी वैशाख १४ मा मुख्यमन्त्री बने । गण्डकीमा एमालेका खगराज अधिकारी पुस २५ मा गण्डकीको मुख्यमन्त्री बनेका थिए । प्रदेशसभाबाट अधिकारीले विश्वासको मत नपाएपछि वैशाख ९ गते पदमुक्त भए । कांग्रेसका सुरेन्द्रराज पाण्डे वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय