site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
६ छोरीपछि छोरा चाहियो भन्ने श्रीमानलाई डिभोर्स दिन खोज्दा अदालतको अस्वीकार

काठमाडौं । चीनको एक अदालतले ६ छोरी भएको एक महिलालाई आफ्नो पतिसँग सम्बन्धविच्छेद गर्न दिन अस्वीकार गरेको छ । छोरा नजन्माएसम्म श्रीमतीले बच्चा जन्माउन जारी राख्नुपर्ने भन्ने ती पुरुषलाई डिभोर्स गर्न नदिएपछि अहिले जनआक्रोश उत्पन्न भएको छ ।

मध्य चीनको हुनान प्रान्तकी सियोङ थरकी ती महिलाले ओउ थरका आफ्नो श्रीमानलाई डिभोर्स गर्न चाहेकी थिइन् । तर, अदालतले उनलाई घर फर्किन र परिवारको हेरचाह गर्न आदेश दिएको हो ।

Dabur Nepal

अदालतको यो आदेशपछि सामाजिक सञ्जालमा चिनियाँ नागरिकले ती महिलाप्रति सहानुभूति राखिरहेका छन् भने अदालतको निर्णयको विरोध भइरहेको छ । सन् २०१५ मा बिहे गर्नुअघि यो दम्पतीसँग चार छोरीहरू थिए र त्यसपछि जुम्ल्याहा छोरी जन्मिएका थिए ।

सियोङले ६ जना छोरी हुर्काउँदा आफू थाकेको बताएकी छन् । तर, ओउले छोरा नजन्मिएसम्म सन्तान जन्माउन रोक्न नसक्ने भन्ने गरेको र आफूलाई बच्चा जन्माउने मेसिनका रुपमा हेरेको भन्दै उनले दु:ख पोखेकी छन् ।

सन् २०१९ को अक्टोबरमा धेरै नै भएपछि उनी आमाबुवासँग बस्न गएकी थिइन् । गत जुनमा मात्रै ओउसँगको विवाह सफल नभएको भन्दै डिभोर्सका लागि स्थानीय अदालतमा उनले निवेदन दिएकी थिइन्, तर अदालतले अस्वीकार गरेको हो ।

सुनुवाइको क्रममा न्यायाधीश तान मेङ्सीले सियोङले छोरीहरूलाई हुर्काएर आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको भनेका छन् । विवाह टुटेको प्रमाणित गर्न नसकेको भन्दै उनलाई घरपरिवार सम्हाल्न आदेश दिएको हो ।

चिनियाँ सामाजिक सञ्जाल विबोको समाचार पोस्टमा यो विषयले चर्चा पाएको छ । १२ हजारभन्दा बढी कमेन्ट गरिएको यो पोस्टमा धेरैले उनलाई सहानुभूति दिएका छन् भने, अदालतको आलोचना गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro