site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१५ मिनेटका लागि स्थगित संसद् बैठक डेढ घण्टापछि सुरु, अर्थमन्त्रीले दिए स्पष्टीकरण
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको संसद् बैठ सुरु भएको छ । 

उनीहरूले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने बजेटको व्यवस्था संशोधन माग गर्दै बैठक अवरुद्ध गरेका थिए । बैठक सवा २ बजेतिर १५ मिनेटका लागि स्थगित भएको थियो । तर, बैठक झन्ड‌ै डेढ घण्टापछि सुरु भएको हो । 

सभामुखको रोहवरमा भएको सत्तापक्ष प्रतिपक्षबीचको सहमति अनुसार अर्थमन्त्रीले संसद्लाई सम्बोधन गर्ने र थप स्पष्टीकरण दिएका छन् ।

एमालेले मागेको संशोधन प्राविधिक मात्र भएकाले यसमा राजनीति नगर्न कांग्रेसका प्रमुखसचेतक रमेश लेखकले आग्रह गरेका थिए । उनले निष्पक्ष निर्वाचन सबैको प्रतिबद्धता भएको भन्दै अर्थमन्त्रीले थप स्पष्टीकरण दिएर कार्यसूची अनुसार अघि बढ्न प्रस्ताव राखेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro