site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बजेटमा संशोधन : के अब सरकार ढल्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार मात्र भनेका थिए– बजेट संशोधन हुँदैन ।

थोरै स्रोतको व्यवस्थापन गरेर ल्याइएको बजेटमा सबैका आकांक्षा सम्बोधन गर्न नसकिने उनको तर्क थियो ।

“बजेट पास हुन्छ । त्यसमा दुई मत नै छैन । स्रोत साधन थोरै, आवश्यकता धेरै । यो आजको वास्तविकता हो । आजको सम्भावित स्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो । हाम्रो सम्भावित स्रोतलाई मध्यनजर राखेर कति खर्च गर्न सकिन्छ भन्ने हो । अहिले आएको बजेट पुर्‍याउन पनि धेरै मेहनत गर्नुपर्छ,” अर्थमन्त्री महतले भनेका थिए, “आवश्यकता अनुसार भएन भनेर विभिन्न किसिमबाट अभिव्यक्ति दिइरहनुभएको छ । यसरी नभनिदिएको भए हुन्थ्यो भन्ने एउटा कुरा हो । तर, थोरै साधन स्रोतभित्र रहेर मैले गर्न सक्ने गरेको छु । उहाँहरूले आवश्यकता सबै पूर्ति भएन भन्नुभएको हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले बजेटको सीमाभित्र रहेर सम्बोधन गर्न सकिने ठाउँमा भने सम्बोधन हुने बताएका थिए । “तर, आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन । पहिला नै धेरै सुझाव लिएर बजेट ल्याएका हौँ । विधिभित्र रहेर काम गर्नेछौँ,” अर्थमन्त्री महतले भनेका थिए । 

तर, अर्थमन्त्री महतले बजेट संशोधन हुँदैन भनेको २४ घण्टा नबित्दै सरकारले बजेट संशोधन गरेको छ । सरकारले निर्वाचन कार्यालय खारेजीको निर्णय नगरेसम्म संसद् चन्द नदिने भन्दै प्रतिपक्षी एमाले र रास्वपाले मंगलबार बैठक अवरुद्ध पारेका थिए । उनीहरूको अवरोधपछि  १५ मिनेट स्थगित पछि पुनः बसेको बैठकमा जवाफ दिन रोस्ट्रममा उभिएका अर्थमन्त्री महतले सांसदहरूले उठाएको बजेट संशोधनको माग सम्बोधन गरेका हुन् । 

Global Ime bank

“जिल्ला निर्वाचन कार्यालय अहिले जसरी रहेको छ, त्यसरी नै रहने छन् । अझ सबल बनाउन के प्रबन्ध गर्नुपर्छ, सरकारले के गर्नुपर्‍यो ? सरकार गर्न तयार छ,” डा. महतले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा  भने, “जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन । निर्वाचन आयोगले जसरी चाह्यो, त्यसरी राख्न सकिने छ ।”

उनले जिल्ला निर्वाचन कार्यालय आफूले खारेजी गर्न चाहेको नभए पनि त्रुटिवश 'खारेजी' शब्द पर्न गएको बताएका छन् । 

निर्वाचन कार्यालय खारेजीको विषय फिर्ता लिएसँगै बजेट संशोधन हुने भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले भने बजेटमा संशोधनको अभ्यास नभएको भन्दै सरकारले नयाँ अभ्यास गरेका बताए । 

“यसअघिका अभ्यास हेर्दा बजेट संशोधन हुँदैन । तर आज विधिवतरूपमै गरियो,” पौडेलले भने । उनले संशोधनले सरकार ढल्छ वा के हुन्छ त भन्ने विषयमा थप प्रतिक्रिया दिन चाहेनन् । 

अर्थमन्त्रीसमेत भएर काम गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने बजेट संशोधन हुँदैमा सरकार नढल्ने बताएका छन् । उनले ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफ्नो पालामा बजेट संशोधन गरेको नजिरसमेत रहेको बताएका छन् । 

“संसद्लाई बिरालो बाँधेर श्राद्ध गरे जस्तो कर्मकाण्डी थलो नबनाऊ । बजेटमा सांसदहरूले दिएको सुझाव समेटेर संशोधन गर्न गजबले मिल्छ,” डा. भट्टराईले लेखेका छन्, “मैले २०६५/०६६मा अर्थमन्त्री छँदा सुझाव समेटेर संशोधन गरेको नजिर पनि छ । यदि बिरालो बाँध्नैपर्ने नियम कतै छ भने बिरालोलाई फुकाएर छाड्ने अधिकार सार्वभौम संसद्लाई छँदै छ ।”

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पनि डा. भट्टराईकै तर्कसँग सहमति जनाउँदै बजेट संशोधन हुँदैमा सरकार नढल्ने बताएकी छन् । उनले डा. भट्टराई अर्थमन्त्री हुँदा बजेट सच्चिएको भन्दै नेकपाको सरकार हुँदा पनि अर्थमन्त्रीमाथि यस्तै टिप्पणी भएको स्मरण  गरिन् । 

“बजेटमा यस्तो हुन्छ, यस्तो पहिला पनि भएको थियो । पहिला नेकपा हुँदा त्यो बेलाका अर्थमन्त्रीले कसरी बजेट प्रस्तुत गर्नुभएको थियो, त्यो हामी सबैलाई थाहा छ । अहिले पनि बजेटमा सम्भवतः धेरैका असन्तुष्टि छन्,” मन्त्री शर्माले भनिन्, “एउटा त सीमा हो, हामीसँग पैसा कम भयो । अर्को असन्तुलन भयो भन्ने पनि छ, त्यसका लागि छलफल भइरहेको छ । यसलाई मिलाएर जानुपर्छ भन्ने कुरा छ । बजेट संशोधन हुनु नै सरकार असफल हुनु हो भन्ने तर्क परम्परागत हो ।”

हुन त २०७१ सालको बजेटमा पनि संशोधन गरिएको थियो । पूर्वपश्चिम राजमार्ग भनेर सरकारले प्रस्तुत गरेको बजेटमा एमाले सांसदहरूले आपत्ति जनाएपछि तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले राजमार्गको नाम सच्याउने प्रतिबद्धता जनाउँदै अन्तिममा प्रिन्टमा सच्याएका थिए । 

“पूर्वपश्चिम मध्यपहाडी राजमार्ग भनेर त्रुटिवश उल्लेख भएको हो । पुष्पलाल हामीले पनि सम्मान गर्ने नेता हो । उहाँको नाममा हाम्रो हाम्रो कुनै आग्रह पूर्वाग्रह छैन,” महतले भनेका थिए, “त्यसलाई सच्याइन्छ । प्रतिपक्षीको विरोध जायज हो, सम्बोधन हुन्छ ।”

बजेटका मुलभूत विषयमा, बजेटको आकारमा विपक्षीका तर्फबाट आएको प्रस्ताव नै पारित भएको अवस्थामा भने सरकारको निरन्तरतामा प्रश्न उठ्छ । त्यस्तो अवस्था भनेको विपक्षीको बहुमत छ भनेर संसद्मा प्रमाणित भएको अवस्था हो । 

संविधानको मस्यौदा निर्माणमा समेत बार प्रतिनिधिका रूपमा काम गरेका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई बजेट संशोधन हुँदैमा सरकार नढल्ने बताउँछन् । सरकारले आफनो विधेयकमाथि उठेका प्रश्नको सुनुवाइ गरेर संशोधन गर्दैमा सरकार नढल्ने उनको तर्क छ । 

“सरकारले लगेको विधेयक फेल भयो भने पो सरकार ढल्छ । यदि संशोधनसहित पास भयो भने त सरकार ढल्ने कुरै हुँदैन,” वरिष्ठ अधिवक्ता भट्टराईले भने, “यदि विपक्षीले राखेको खर्च कटौतीको प्रस्ताव पारित भयो भने चाहिँ सरकार ढल्छ । जुन अहिलेको अवस्था होइन ।”

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC