site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘गुमनाम जीवन’ बिताइरहेका ज्याक मा को हुन्, कति छ सम्पत्ति ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिनियाँ उद्यमी एवं अर्बपति ज्याक मा मंगलबार काठमाडौं आएका छन् । विश्वको सबैभन्दा ठूला ईकर्मसमध्येको अलिबाबाका संस्थापकसमेत रहेका उनी १५ दिनको पर्यटक भिसामा नेपाल पुगेका हुन् ।

ज्याक मा पछिल्ला वर्षहरूमा सार्वजनिक स्थान एवं सञ्चार माध्यममा विरलै देखिने गरेका छन् । 

विश्वका अन्य अर्बपतिहरू भन्दा फरक मानिने ज्याक माले गुमनाम तरिकाले जीवन बिताइरहेको चर्चा थियो । उनी बढीजसो समय चीन र जापानमा बस्ने गरेको बताइन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी सार्वजनिकरूपमा कम देखिन थालेको भने सन् २०२० को अन्त्यतिरबाट हो । 

आफ्नो अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी आन्ट ग्रुपले आईपीओ जारी गर्ने तयारी गरिरहेका बेला ज्याक माले सन् २०२० को अक्टोबर २४ मा एक सम्मेलनमा भाषण गरेका थिए । त्यसक्रममा उनले चिनियाँ वित्तीय प्रणालीले इनोभेसनलाई निरुत्साहित गरेको आशयको टिप्पणी गरेका थिए ।

Global Ime bank

त्यसपछि चिनियाँ नियामक निकायले आन्ट ग्रुपको आईपीओ जारी गर्ने प्रकिया रोकेको थियो । ज्याक मा एकाएक हराएका थिए ।

उनी करिब तीन महिनापछि सन् २०२१ को जनवरीमा मात्रै सार्वजनिक स्थानमा देखिएका थिए । त्यसयता ज्याक मा सामाजिक सञ्जाल, सञ्चारमाध्यमदेखि सार्वजनिक स्थानमा दुर्लभै देखिने गरेका छन् । 

ज्याक मालाई चिनियाँ सरकारी अधिकारीहरूले नियन्त्रणमा लिएको र उनको कम्पनीमाथि छानबिन गरेको चर्चा पनि चलेको थियो । तर, उनी आफैँले यसबारे कुनै धारणा राखेका छैनन् । 

पछिल्लो समय उनले चीनमा आवतजावत गरिरहेको र खासगरी जापानमा आफ्नो जीवनको बढी समय बिताइरहेको बताइन्छ । केही दिनअघि जुन १२ मा ५८ वर्षीय माले जापानको टोकियो विश्वविद्यालयमा ‘भिजिटिङ प्रोफेसर’का रूपमा पढाएका थिए ।

कति छ ज्याक मासँग सम्पत्ति ?

मंगलबार ब्लुमबर्गको अर्बपति सूचीको ३९औँ स्थानमा रहेका ज्याक माको सम्पत्ति ३३.६ अर्ब अमेरिकी डलर रहेको छ । सन् २०२० को अक्टोबर २७ मा ज्याक माको सम्पत्ति ६१.७ अर्ब अमेरिकी डलर पुगेको थियो । यो त्यहीँ समय थियो, जब चिनियाँ वित्तीय व्यवस्थामाथि उनले टिप्पणी गरेका थिए । त्यसयता उनको सम्पत्ति घट्दै गएको छ ।

अहिले अलिबाबाको प्रमुख स्वामित्व गुमाइसके पनि सन् २०२२ को फेब्रुअरीको विवरण अनुसार उनीसँग कम्पनीको ३.९ प्रतिशत सेयर छ । 

ज्याक माको धेरैजसो सम्पत्ति अलिबाबा ग्रुप होल्डिङ्स र आन्ट ग्रुपबाट छ । सन् २०२० को विवरण अनुसार मासँग आन्ट ग्रुपको ९.९ प्रतिशत सेयर थियो ।

प्रेरणादायी उद्यमी

सामान्य चिनियाँ परिवारमा जन्मेका ज्याक मा ठुलो मेहनतपछि सफल उद्यमी बनेका थिए । उनलाई उद्यम र अन्य क्षेत्रमा सफलताका लागि संघर्ष गर्नेहरूले प्रेरणादायी व्यक्ति मान्छन् ।

उनको जन्म सन् १९६४ को सेप्टेम्बरमा चीनको हाङ्जाउमा भएको थियो । ज्याक माले १२ वर्षको उमेरमा अमेरिकी पर्यटकको गाइड बनेर र अमेरिकी सार्वजनिक प्रसारणहरू सुनेर अंग्रेजी भाषा सिक्न सुरु गरेका थिए ।

हाङ्जो टिर्चस कलेजमा भर्ना हुनुअघि उनी दुईपटक प्रवेश परीक्षामा फेल भएका थिए । ग्रेजुएट भएपछि उनले रोजगारीका लागि निकै संघर्ष गरेको र अन्त्यमा अंग्रेजी शिक्षकको रूपमा काम पाएको बताएका थिए ।

अंग्रेजी भाषा राम्रो हुँदा उनले सन् १९९५ मा चिनियाँ र अमेरिकी व्यापारीको लागि दोभाषेको रूपमा काम पाएका थिए । सोहीबीच अमेरिकाको सिएटलमा एक साथीको घरको भ्रमणको क्रममा उनले पहिलोपटक कम्प्युटर र इन्टरनेट प्रयोग गर्न पाएका थिए ।

त्यसपछि उनले वेबसाइटका लागि पेज बनाउन सिकेका थिए । त्यसपछि सरकारी जागिर खाएका ज्याक माले याहूका सहसंस्थापक जेरी याङलाई भेटेका थिए ।

सन् १९९९ मा १८ सहसंस्थापकसहित ज्याक माले ६० हजार अमेरिकी डलरको लगानीमा बिजनेस टू बिजनेस (बीटूबी) मार्केटप्लेस अलिबाबा डट कम सुरु गरेका थिए । 

सन् २००२ मा १० लाख प्रयोगकर्ता पुगेको अलिबाबामा सन् २००५ मा याहुले एक अर्ब अमेरिकी डलर लगानी गरेको थियो । 

यसबीच ज्याक माले चिनियाँ रिटेल मार्केट प्लेस टाओबाओ डट कम, अनलाइन भुक्तानी कम्पनी अलिपे जस्ता कम्पनी खोल्दै आफ्नो व्यापार थप विस्तार गरेका थिए । सन् २००७ मा अलिबाबाले हङकङमा आईपीओ जारी गरेको थियो । यसरी विस्तार हुँदै गएको ज्याक माले आफ्नो व्यापार साम्राज्य विस्तार गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय