site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानसँगको संघर्षमा क्षति बेहोरोको भारतको स्वीकारोक्ति
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतले पाकिस्तानसँग भएको हालैको संघर्षमा क्षति बेहोरेको पहिलोपटक स्वीकार गरेको छ । भारतको नयाँ दिल्लीमा आइतबार भएको पत्रकार सम्मेलनमा भारतीय वायुसेना मार्सलले संघर्षका क्रममा सामान्य क्षति भएको बताएको हो ।

भारतले विमान, उपकरण वा कर्मचारी केमा क्षति भएको हो भन्ने विषय स्पष्ट पारेको छैन ।

भारतले पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरका नौ आतंकवादी संरचनामा हवाई आक्रमण गरेको चार दिनपछि शनिबार दुवै देशले पूर्ण युद्धविराममा सहमति जनाएका थिए । युद्धविरामअघि लगातार धेरै दिनसम्म दुवै देशले एक अर्को सीमापारी सैन्य गोलाबारी गरेका थिए । पूर्णयुद्धविराम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मध्यस्थतामा भएको दाबी गरेका थिए ।

“हामी युद्धको परिस्थितिमा छौँ, क्षति हुनेछ,” एयर मार्सल एके भारतीले आइतबार भने ।

“तपाईंले सोध्नुपर्ने प्रश्न भनेको हामीले आतंकवादी संरचना ध्वस्त पार्ने हाम्रो उद्देश्य पूरा गर्न सक्यौँ कि सकेनौँ भन्ने हो । त्यो हामीले सफलतापूर्वक हासिल गर्‍यौँ ।”

यसअघि, पाकिस्तानी अधिकारीहरूले उसको वायुसेनाले धेरै भारतीय लडाकु विमान खसालेको दाबी गरेका थिए । जसमा तीन राफेल विमान, एक एसयू–३० र एक मिग–२९ समावेश भएको बताएको पाकिस्तानको दाबी छ ।

तर, भारतले ती दाबीलाई स्वीकार वा अस्वीकार केही पनि गरेको छैन । कम्तीमा एउटा राफेल विमान नष्ट भएको  फ्रान्सेली गुप्तचर स्रोतले सीएनएनलाई पुष्टि गरेको छ । दुई अमेरिकी अधिकारीले मे ७ मा चीनले निर्माण गरेको पाकिस्तानी लडाकु विमानले कम्तीमा दुई भारतीय सैन्य विमान खसालेको बताएका थिए । जुन चीनको लडाकु विमानका लागि ठूलो उपलब्धि भएको रोयटर्सलाई बताएका थिए ।

राफेल विमान खसालिएको घटना पुष्टि भए भारतका लागि लज्जाजनक हुनेछ । किनभने यी विमान भारतको प्रमुख रक्षा सम्झौताअन्तर्गत किनिएका थिए, यसलाई भारतको रणनीतिक वायु क्षमताको आधार मानिन्छ ।

एयर मार्सल भारतीले आइतबार पाकिस्तानले धेरै कम क्षति गरेको र पाकिस्तानले भारतमा ड्रोन हमला गरेको दाबी गरेका थिए । “ड्रोन हाम्रा नागरिक क्षेत्रहरू र सैन्य संरचनाहरूमा तरंगका रूपमा आए । ती सबैलाई सफलतापूर्वक रोक्यौँ । केहीले जमिनमा आक्रमण गर्न सफल भए तापनि उनीहरूले गरेको क्षति न्यून थियो,” उनले आइतबार भने ।

एयर मार्शल भारतीले भारतले पाकिस्तानको आक्रामक व्यवहार सह्य नहुजे भन्ने स्पष्ट सन्देश पठाएको पनि बताए । उनले भने, “हाम्रा सबै पाइलटहरू घर फर्किसकेका छन् ।”

भारतले अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा २६ पर्यटकको मृत्यु हुने गरी भएको आतंकवादी हमलाको प्रतिक्रियामा हवाई आक्रमण गरेको थियो । भारतले यसको जिम्मेवारी पाकिस्तान–समर्थित आतंकवादीलाई लगाएको थियो ।

चार दिनसम्म चलेको सैन्य टकराबपछि शनिबार दुवै पक्षले युद्धविराममा सहमति जनाए । यस युद्धविरामको श्रेय ह्वाइट हाउसले लिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानसँग व्यापार बढाउन चाहने इच्छा पनि व्यक्त गरेका थिए । “कश्मीरसम्बन्धी कुनै समाधान निकाल्न सकिन्छ कि भनेर म तपाईंहरू दुवैसँग काम गरेर हेर्नेछु ।”

उनको यस बयानले भारतमा असहजता सिर्जना गरेको छ । नरेन्द्र मोदी सरकारका समर्थक र विपक्षी नेताहरूले पाकिस्तानको विषयमा धेरै अघिदेखि तेस्रो पक्षको हस्तक्षेपलाई अस्वीकार गर्दै आएका छन् ।

पाकिस्तानले यस विवादित क्षेत्रमा लामो समयदेखि चलेको विवादलाई अन्तर्राष्ट्रियकरण बनाउने प्रयास गरेको छ । तर, भारतले सधैँ द्विपक्षीय वार्ताले मात्र यसलाई समाधान गर्न सकिने दाबी गर्दै आएको छ ।

ट्रम्पको भनाइपछि, भारतीय विपक्षी सांसद प्रियंका चतुर्वेदीले भनिन्, “कश्मीरको विवाद समाधानका लागि हामीलाई अमेरिका वा अन्य कुनै देशको हस्तक्षेप चाहिँदैन । भाग्यले हामीलाई त्यो जिम्मेवारी दिएको छ र भारतले त्यो चुनौतीलाई स्वीकार्नुपर्छ ।”

द टेलिग्राफबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro