site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रासायनिक मलको अभाव हुँदैन : मन्त्री भुसाल
फाइल तस्बिर ।

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले यो वर्ष धान रोपाइँका लागि रासायनिक मलको अभाव नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

हाल देशभरका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोहरूमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको उनले जानकारी दिए । यो असारको अन्त्यसम्ममा थप ४५ हजार मेट्रिक टन र साउनभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने उनले बताए ।

Dabur Nepal
NIC Asia

मन्त्री भुसालले आउँदो आर्थिक वर्षका लागि रासायनिक मल खरिदका निम्ति ३० अर्ब रुपैयाँ रकम सुनिश्चित गरिएको जानकारी दिए ।

लम्पी स्किन रोग नियन्त्रणका लागि सम्भव भएसम्मका काम अगाडि बढाइएको उनले बताए । सो रोगका कारण हालसम्म ६ लाख ११ हजार २०९ पशु संक्रमित र २१ हजार ४७३ को मृत्यु भइसकेको उनले जानकारी दिए ।

तीन लाख ५४ हजार ५७३ पशु लम्पी स्किन रोगबाट निको भएको पनि उनले बताए । उनका अनुसार दुई लाख ३५ हजार २१९ पशु अझै पनि संक्रमित अवस्थामा छन् ।

लम्पी स्किन रोगविरुद्धको खोप जोर्डन, तान्जानिया र टर्कीबाट आयात गरिरहेको उनले बताए । हालसम्म सात लाख ३७ हजार डोज सो खोप ल्याइएको उनले उल्लेख गरे । असार १० गतेसम्म एक लाख ६२ हजार ३७१ पशुलाई खोप लगाइएको उनले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro