site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिल्ला निर्वाचन कार्यालय खारेज गरे निर्वाचनको निष्पक्षता रहँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला निर्वाचन कार्यालयको काम जिल्ला प्रशासन कार्यालय मातहतमा ल्याउँदा निर्वाचनको निष्पक्षता नहुने बताएका छन् ।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय मातहतमा ल्याउँदा निर्वाचनको निष्पक्षतामा जनविश्वास नहुने बताए । 

लोकतन्त्रको रक्षाका लागि आयोगलाई छुट्टै निकायको रुपमा काम गर्न दिनुपर्ने उनको भनाइ छ । अर्थमन्त्रीले यस विषयमा गोलमोटल रुपमा नभएर छुट्टै जवाफ दिनुपर्ने माग उनले गरे ।

“निर्वाचनको निष्पक्षताको विषय भनेको संसारले हेर्ने विषय हो । यस्तो संवेदनशील विषयमा अर्थमन्त्रीले सम्पूर्ण विषयमा दिने जवाफभित्र गोलमटोल जवाफ दिने कुरा हामीलाई स्वीकार्य छैन,” उनले भने, “किनभने, सत्तापक्षकै माननीयहरुले यो बजेट ठिक छैन तर हामीले पास गर्नुपर्ने बाध्यता छ भनिरहनु भएको छ । उहाँहरुको बाध्यताको शिकार त्यो बलिबेदीमा यो देशको लोकतन्त्र चढ्दैन । बाध्यता सत्तापक्षको साथीहरुको होला तर लोकतन्त्र सत्तापक्ष र प्रतिपक्षको होइन, नेपाली जनताको हो ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro