site stats
बाह्रखरी :: Baahrakhari
देश
वसुन्धरामा फेलापरेको शंकास्पद वस्तु सेनाले गर्‍यो निष्क्रिय
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको वसुन्धरामा फेलापरेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । शंकास्पद वस्तु फेलापरेपछि केही बेर उक्त क्षेत्रमा यातायात अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले वसुन्धरामा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जानकारी दिए ।


उक्त वस्तु आज बिहान ८.३० बजे फेलापरेको थियो । रासस

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्