site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपाले पहिलोपटक ७५३ वटै स्थानीय तहमा केन्द्रीय नेतालाई खटाउँदै
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय पदाधिकारीलाई स्थानीय तहमा खटाउने भएको छ ।

आज सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ७५३ वटै स्थानीय तहमा पार्टीका केन्द्रीय नेतालाई खटाउने निर्णय गरेको हो । पार्टी जीवनमा पहिलोपटक नयाँ अभ्यास थालिएको राप्रपाले जनाएको छ ।

Dabur Nepal
NIC Asia

बैठकले सातवटै प्रदेशमा प्रदेश संयोजकको व्यवस्था पनि गरेको छ । यसरी तोकिएका सबै प्रदेश संयोजक तथा भूगोल केन्द्रित नेताहरूको जिम्मेवारी ६ महिनाको हुने छ । 

राप्रपाका अनुसार भूगोलमा खटिएर जाने नेताहरूले वडा तहबाटै संगठन गठन, पुनर्गठनलगायत कार्यविधिमा तोकिएका कामहरू सम्पन्न गर्नुपर्ने छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro