site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
एनआरएनए अमेरिकाको निर्वाचनमा १५ हजार ३३६ मतदाता
Sarbottam CementSarbottam Cement

बोस्टन । आउँदो जुलाईमा हुन लागेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका)को निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

संघको निर्वाचन बोर्डलाई प्राप्त तथ्यांकानुसार एनआरएनए यूएसएको निर्वाचनमा १५ हजार ३३६ जनाले मतदान गर्नेछन् । तीमध्ये दुई हजार ४६२ आजीवन सदस्य र १२ हजार ९०४ साधारण सदस्य छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकामा एनआरएनएको सदस्य सबैभन्दा धेरै टेक्सास राज्यमा छन् । त्यहाँ २५ सय ३७ मतदाता छन् । न्युयोर्कमा दुई हजार ३३७ मतदाता छन् । क्यालिफोर्नियामा १८ सय ३९ मतदाता छन् । मेरिल्यान्डमा एनआरएनएका १७ सय ७३ मतदाता छन् । कोलोराडामो एक हजार ५३ मतदाता रहेका जनाइएको छ ।

अमेरिकी राज्यहरूमध्ये अलास्कामा कति एनआरएन मतदाता छन् भन्ने सूचीमा उल्लेख छैन । वायोमिङ, नर्थ डाकोटा, साउथ डाकोटा र मेनमा एनआरएनका दुई/दुई मतदाता छन् । वेस्ट भर्जिनियामा एनआरएनएका एक सदस्य छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement