site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बाँडफाँट विवादले धनुषाका ५ पालिकाले ल्याउन सकेनन् बजेट
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । धनुषाका पाँचवटा स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन् । बजेट बाँडफाँटमा देखिएको विवादका कारण पाँच पालिकाले बजेट ल्याउन नसकेका हुन् ।

असार १० भित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान छ । तर, धनुषाका मिथिला नगरपालिका, कमला नगरपालिका, सहिदनगर नगरपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेनन् । यी पालिकामा योजना बाँडफाँटमा विवाद देखिएको छ । 

मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरूको आन्तिरक विवादका कारण बजेट प्रभावित भएको आरोप लगाए । पटक–पटक नगर सभा गर्ने प्रयास गरे पनि असफल भएको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

"दुईपटक नगर सभा गर्ने विषयमा कार्यपालिका बैठक आह्वान गर्‍यौँ । तर, दुवैपटक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू अनुपस्थित हुनुभयो," उनले भने, "बुँदागत रूपमा उहाँहरूले हालसम्म कुनै माग पनि राख्नुभएको छेन ।"

यस्तै, धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले बजेट ल्याउने प्रयासमै रहेको बताए । निर्धारित समयमा बजेट आउन नसकेको विषयबारे जिज्ञासा राख्दा उनले पुनः सोही कुरा दोहोर्‍याएर फोन राखे । तर, यस पालिकामा योजना बाँडफाँटमा विवाद रहेको बुझिएको छ । 

Global Ime bank

कमला नगरपालिकाले नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन सकेका छैन । उपप्रमुख शिलादेवी मण्डलले जनप्रतिनिधिहरूको विगतकै माग पूरा नभएकाले बजेट नआएको बताइन् । यसअघि उनले चालु आर्थिक वर्षको नगर सभा खारेजको माग गर्दै उच्च अदालत जनकपुरमा मुद्दा नै दिएकी थिइन् । नगर प्रमुख विशेश्वर यादवसँग सुरुवाती समयदेखि उनको मनमुटाव छ । 

सहिदनगर नगरपालिकामा नगर सभा हुनेबारे कुनै तयारी छैन । जनप्रतिनिधिहरूले नगर प्रमुखसँग असन्तुष्ट छन् । नगर प्रमुख दिनेश यादवले बजेट ल्याउन केही समय लाग्ने बताए । सबै पक्षलाई समेटेर अगाडि बढ्न खोज्दा निर्धारित समयमा बजेट ल्याउन नसकेको उनको भनाइ छ ।

तर, उपप्रमुख सुनिता कुमारी सिंहले छलफल गर्न बाँकी रहेको कारण बजेट ल्याउन नसकेको बताइन् । योजना तर्जुमा भए पनि अन्य काम छलफलमा सहमति नभएकै कारण अगाडि नबढेको उनले बताइन् । 

"केही विषयमा छलफल गर्न बाँकी छ । योजना र राजस्व परामर्श समितिहरूसँग पनि छलफल गर्न बाँकी छ । छ, अरू पनि विषय," उनले योजना बाँडफाँटतर्फ संकेत गर्दै भनिन्, "प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी पनि बाहिर हुनुहुन्छ । अब हामी छलफल गरेर बजेट ल्याउने तयारी गर्छौं ।"

यस्तै, औरही गाउँपालिकाका अध्यक्ष उमाशंकर प्रसाद साहले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले विवाद खडा गरेको बताए । यस पालिकामा पनि योजना बाँडफाटँमा विवाद रहेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  २१:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement