site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीको बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको हालीमुहाली
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे गोरखा नगरपालिका–१, पालुङटारका हुन् । उनको वडा कार्यालय जाने बाटोका लागि गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सातदोबाटो देउराली अन्नपूर्ण मोटरबाटो नामक सो योजना पूर्वाधार विकास कार्यालय गोरखाले कार्यान्वयन गर्नेछ ।

गोरखाकै भीमसेन थापा गाउँपालिका–४ मा मात्र सडकका दुई नयाँ आयोजनालाई ३०/३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नारायणथलादेखि रामती स्कुल हुँदै प्रभात स्कुलसम्मको सडक स्तरोन्नति र प्रभात मावि विमलटार सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको हो । प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाको वडा हो, यो ।

आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेको वडामा पनि सडकमा मात्र एक करोड रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार कार्यक्रमअन्तर्गत नै पुलका लागि उनको वडामा थप एक करोड बजेट विनियोजन गरिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बुडुवाखोला पुलका लागि एक करोड, मालेबगरदेखि अट्ठाइस बाहुन्दी हुँदै मिर्छुलुङ जोड्ने वैकल्पिक सडक र भैरव मोटरमार्ग स्तरोन्नति भनेर मन्त्री आलेले आफ्नै वडामा ५०/५० लाख बजेट छुट्टयाए ।

दरबाङ बिम बिच्याम सडकका लागि भनेर चार करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका–६ र ७ मा पर्ने यो आयोजनासहित बिम तल्लोगाउँ डाँडागाउँ सडक स्तरोन्नतिका लागि ३० लाख रुपैयाँ छुट्टै विनियोजन गरिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जालीको वडा मालिका–७ नै हो ।

Royal Enfield Island Ad

सरकारमा रहेकाहरूले कसरी पहुँचका आधारमा वडामै करोड रुपैयाँसम्मका बजेट विनियोजन गर्छन् भन्ने प्रमाण हो, यो ।

आउँदो आर्थिक वर्षका लागि यही असार १ गते ३३ अर्ब ४२ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका मन्त्री आलेले आफ्नो मात्र होइन, अरू मन्त्रीहरूका वडामा पनि करोडौँ रकम छुट्टयाएका छन् । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक विकास कार्यक्रमअन्तर्गत मन्त्रीहरूले आफ्नो वडासम्म करोडौँ विनियोजन गर्दा प्रदेशका अरू जिल्लाको बजेट नगण्य छ ।

आउँदो आर्थिक वर्षमा सरकारले सडक र पुलका पूर्वाधारमा मात्र ११ अर्ब १६ करोड बजेट विनियोजन गरेको छ । यो बजेटबाट ३०० किमि सडक कालोपत्र हुने, २५ सडक पुल र २० झोलुंगे पुल निर्माण गर्ने लक्ष्य सरकारको छ । यी सबै योजना मन्त्रीहरूका जिल्लाकेन्द्रित देखिन्छ ।

वित्तीय समानीकरण अनुदानअन्तर्गत पूर्वाधारका योजना गोरखामा मात्र १२० वटा छन् । यसका लागि सरकारले एक अर्ब २८ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिलामन्त्रीको जिल्लामा एक अर्ब ४६ करोड ६० लाख रुपैयाँ त सडक र पुलका लागि मात्र विनियोजन गरिएको छ । तनहुँमा सडक र पुलका मात्र १७० योजना परेका छन् ।

मन्त्री जुग्जालीको गृहजिल्ला म्याग्दीमा ७२ आयोजनाका लागि ५३ करोड ३७ लाख बजेट विनियोजन गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाको गृहजिल्ला बागलुङमा सडक तथा पुलको पूर्वाधारका लागि ८४ करोड ४९ लाख ८८ हजार रुपैयाँ बजेट छुट्ट्याइएको छ । बागलुङमा ११७ कार्यक्रम परेका छन् ।

स्याङ्जामा ९२ करोड ७० लाख ६८ हजार र नवलपुरमा ९२ करोड १७ लाख रुपैयाँ सडक र पुलमा मात्र विनियोजन गरिएको छ । ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीको गृहजिल्ला स्याङ्जा हो । नवलपुरका महेन्द्रध्वज जिसी कृषि तथा भूमि व्यवस्थामन्त्री छन् । स्याङ्जमा १३० र नवलपुरमा १०६ योजना परेका छन ।

मन्त्रीका जिल्लामा मनग्य बजेट र योजना पारिँदा गण्डकीकै मनाङ र मुस्ताङको हालत भने दयनीय छ । यी जिल्लामा सडक र पुलका योजनाको संख्या न्यून छ । बजेट पनि कम विनियोजन गरिएको छ ।

मुस्ताङबाट प्रतिनिधित्व गर्ने दुवै प्रदेशसभा सदस्य सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसबाट निर्वाचित हुन् । तर, मुस्ताङमा जम्मा २५ सडक र पुलका योजना परेका छन् । बजेट २५ करोड २० लाख विनियोजन गरिएको छ ।

मनाङमा सबैभन्दा कम बजेट विनियोजन गरिएको छ । पुल र सडकका २३ योजनाका लागि जम्मा १८ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

कुनै जिल्लामा एकै मन्त्रीको वडा र पालिकामा विनियोजित बजेटको हाराहारीमा पनि योजना पारिएको छैन । ससर्त अनुदान सम्भावित प्रादेशिक सडकहरू शीर्षकअन्तर्गतका योजनामा पनि मुख्यमन्त्री, मन्त्रीहरूकै हालीमुहाली छ ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत ससर्त अनुदानका नाममा पूर्वाधार विकास निर्देशनालय कास्कीले कार्यान्वयन गर्ने गरी गोरखाको अबुवा–बिर्दी सेराबजार पौवाटार सडक कालोपत्रेका लागि १२ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नवलपुरको आलोक चक्रपथ सडकका लागि ११ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । बागलुङको अदालत चौतारी तित्याङ सालबोट दह भकुन्डे रायडाडा दमेक बर्‍याङ सडक कालोपत्रका लागि ११ करोड ८५ लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २१:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro