site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मकवानपुर र कास्कीमा भारी वर्षा, तटीय क्षेत्रमा बस्नेलाई सतर्क रहन आग्रह
फाइल तस्बिर

काठमाडौं । मकवानपुरको भोर्लेनी र आसपासको क्षेत्रमामा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । कोखाजोर खोलालगायत उक्त क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको छ । त्यसैले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन नेपाल फ्ल्ड अलर्टले जनाएको छ । 

कास्कीको पोखरा, छोमरोङ, जुम्लेटीलगायत क्षेत्रमा पनि भारी वर्षा भएको छ । मोदी खोला, मार्दी खोलालगायत सो क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको छ । तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । 

आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज राति वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सातवटै प्रदेशमा बिहानैबाट वर्षा, वाग्मतीसहित चारवटा प्रदेशमा दिउँसो र राति भारी वर्षा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  ०६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro