site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सवारी चालक अनुमतिपत्रको परीक्षामा जालझेल !
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सरकारी कागजात सच्याएको अभियोगमा यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

परीक्षमा अनुत्र्तीण भएका परीक्षार्थीलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा अनियमतता भएको पाइएको छ । यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाहीले आफ्नो आधिकारिक ‘युजर आइडी’ प्रयोग गरी सवारी चालक अनुमतिपत्रको परीक्षामा बदमासी गरेको पाइएको छ ।

उनले लिखित परीक्षामा १८० जना र प्रयोगात्मक परीक्षामा २८३ परीक्षार्थीको परीक्षाको परिणाम फेरबदल गरेको पाइएको छ । आयोगले कार्यालय प्रमुख शाही, यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया, कम्प्युटर अपरेटर पवनबहादुर रावल पनि गैरकानुनी काममा संलग्न रहेको पाइएको छ । आयोगले उनीहरूविरुद्ध भ्रष्टाचारको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए रासस

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  २३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro