बाह्रखरी फोटो
पोखरा । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा आजबाट पोखरामा ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ । आजबाट सुरु फेस्टिभल भोलिसम्म चल्नेछ ।
फेस्टिभल’का लागि बिहीबार फेवातालमा अभ्याससमेत गरिएको थियो । दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा चीनको चार र नेपाली चार गरी आठ टोलीबीच प्रतिस्पर्धा हुँदै छ ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० १३:४२
प्रतिक्रिया दिनुहोस्