site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सशस्त्र प्रहरी र परिवारलाई आईएमई ग्रुपअन्तर्गतका केबलकारको टिकट मूल्यमा छुट
SkywellSkywell

काठमाडौं । आईएमई ग्रुपअन्तर्गत सञ्चालित केबलकार कम्पनीहरू चन्द्रागिरि हिल्स, मौलाकाली केबलकार र लुम्बिनी केबलकारले सशस्त्र प्रहरी र आश्रित परिवारहरूलाई टिकट मूल्यमा छुट दिने भएका छन् ।

बिहीबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा तीनवटै केबलकार कम्पनीहरुले छुट प्रदान सम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार बहालवाला सशस्त्र प्रहरी कर्मचारी, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी, आश्रित परिवारका साथै नेपाल एपीएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले केबलकारको टिकट मूल्यमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

Dabur Nepal
NIC Asia

छुट प्राप्त गर्न बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरूले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचयपत्र, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूले पेन्सन पट्टा र आश्रित परिवारहरूले नाता प्रमाणित कागजात देखाउनु पर्नेछ ।

सम्झौतापत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रविण कडेल र मौलाकाली तथा लुम्बिनी केबलकारका तर्फबाट कम्पनीका प्रतिनिधि रुद्र पौडेल, चन्द्रागिरि हिल्सका तर्फबाट महाप्रबन्धक संजिव थापाले हस्ताक्षर गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro