site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
र्‍यापर गिरिस खतिवडाको क्याफे पुगेका एक युवकको मृत्यु, हत्या भएको परिवारको दाबी
Sarbottam CementSarbottam Cement

विराटनगर । विराटनगरस्थित ‘जी क्याफे एन्ड बिस्त्रो’मा एक युवाको मृत्यु भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका छन् । यो क्याफे चर्चित र्‍यापर गिरिस खतिवडाले सञ्चालन गरिरहेका छन् ।

करिब २० वर्ष अघिदेखि मोरङको कर्सिया बजारमा फ्रेस हाउस सञ्चालन गर्दै आएका धनपालथान गाउँपालिका ४ का कासीद अन्सारी खतिवडाको क्याफेमा गएको बेला मृत्यु भएको परिवारको दाबी छ । उनले चाँदनी फ्रेस हाउसबाट क्याफेमा मासु बिक्री गर्ने गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

मासु दिएबापत ४० हजार रुपैयाँ भुक्तानी लिन अन्सारी क्याफे पुगेको र घाइते अवस्थामा उपचार गर्न अस्पतला लगेपछि मृत्यु भएको उनका भाइ मासिदले बताएका छन् । मासु बिक्री गरेको रकम भुक्तानी लिन जाँद आफ्ना दाजुको हत्या भएको उनको आरोप छ । योजनाबद्ध ढंगले हत्या भएको आरोप लगाउँदै परिवारले सञ्चालक खतिवडा र कर्मचारीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएको मासिदले बताए ।

प्रहरीका अनुसार क्याफे सञ्चालक विराटनगर महानगरपालिका –८ निवासी गिरिस खतिवडा, कर्मचारी जहदा गाउँपालिका– ३ का करण राजवंशी र विराटनगर महानगरपालिका–१६ बस्ने अनुराग राउतविरुद्ध जाहेरी परेको छ ।

Global Ime bank

सिसाको ढोकामा ठोकिएर अन्सारी घाइते भएको र उपचारको लागि स्थानीय विराट नर्सिङ होम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको क्याफे सञ्चालकको दाबी छ । मृतकको देब्रे तिघ्रामा ३ इन्च लम्बाइ र १ इन्च गहिरो काटिएकाले नासा काटिएर मृत्यु बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । थप जानकारी पोस्टमार्टम रिर्पोटपछि आउने दाहालले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  २०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement