site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बाबुरामको दाबी– ८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्ने बताएका छन् । 

रास्वपाको स्थापना भएको एक वर्ष पुगेको अवसरमा बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा भट्टराईले ०८४ सालको चुनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्ने बताएका हुन् । 

भट्टराईले अबको नयाँ एजेन्डा सम्बोधन गर्न नयाँ पार्टी चाहिन्छ भनेर पहल गर्नेमा आफू रहेको र नयाँ शक्तिका रूपमा रास्वपा अगाडि आएकोमा आफू खुसी भएको बताए ।

त्यस्तै, भट्टराईले लोकतन्त्रमा विचार फरक र प्रतिष्पर्धा हुन सक्ने भए पनि नेपालीले चाहेको नयाँपन नै भएको उल्लेख गरे ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्