site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपतिको अवस्था कस्तो छ, के भएको थियो ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल यतिखेर महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन् ।

मंगलबार (असार ५ गते) मुटुमा पेसमेकर राखिएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था भने सामान्य हुँदै गएको अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य हुँदै गए पनि अझै केही दिन निगरानीमा राख्नुपर्ने अस्पतालले जनाएको छ ।

राष्ट्रपतिलाई के भएको थियो ?

Dabur Nepal
NIC Asia

७८ वर्षीय राष्ट्रपति पौडेललाई ढाड दुख्ने, पायल्स तथा छातीसम्बन्धी समस्याले बेला बेलामा सताइरहन्छ । फोक्सोमा संक्रमण भएपछि गत वैशाख ६ गते थप उपचारका लागि उनलाई भारत लगिएको थियो । भारतको एम्स अस्पतालमा ११ दिन लामो उपचारपछि वैशाख १७ पौडेल निको भएर नेपाल फर्किए ।

तर, त्यसको डेढ महिना नबित्दै जेठ ३० गते पौडेलको मुटुमा समस्या देखियो । त्यही दिन सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुर्‍याइएका उनको अस्पताल बसाइँ दुई दिन रह्यो ।

पछिल्लोपटक भने जेठ २ गते राति फेरि मुटुमा समस्या देखिएपछि राष्ट्रपतिलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएको थियो । मुटुको गति कम हुने समस्या देखिएपछि उनलाई ७२ घण्टा अब्जरभेसनमा राखिएको थियो ।

७२ घण्टाको निगरानीपछि पौडेलको मुटुमा गतिलाई सन्तुलनमा राख्ने ब्याट्रीयुक्त कृत्रिम यन्त्र ‘पेसमेकर’ राख्ने निश्कर्षमा चिकित्सकहरु पुगेका थिए । सोहीअनुसार सेन्टरका कार्यकारी निर्देशक डा.रत्नमणि गजुरेलको नेतृत्वमा रहेको टोलीले उनको मुटुमा ‘ड्युल च्याम्बर पेसमेकर’ राखेको थियो ।

स्वस्थ व्यक्तिको मुटुको गति प्रतिमिनेट ६० देखि १०० हुन्छ । अर्थात यो गतिमा मुटु धड्किन्छ । उपचारअघि राष्ट्रपति पौडेलको मुटुको गति भने केही समय सुस्त र केही समय सामान्य गतिमा थियो । ड्युल च्याम्बर पेसमेकरले यो गतिलाई कम वा बढी हुन नदिइ सन्तुलनमा राख्ने काम गर्छ ।

पेसमेकर यस्तो कृत्रिम यन्त्र हो, जसले मुटु सामान्य गतिमा नधड्किएको अवस्थामा विद्युतीय करेन्टको माध्यबाट धड्कनलाई सन्तुलनमा ल्याउँछ । पेसमेकरको तार मुटुको कोठामा रहेको नसासँग लगेर जोडिएको हुन्छ । मुटुको धड्कन प्राकृतिक रुपमा नै सामान्य भएको अवस्थामा भने पेसमेकरले विद्युतीय करेन्ट उत्पादन गर्दैन ।

सामान्यतः पेसमेकरको आयु नौदेखि १३ वर्षसम्मको हुन्छ । मुटुले आफैँ कति काम गर्छ र पेसमेकरले करेन्ट उत्पादन गर्न कति ब्याट्री खपत गर्नुपर्छ भन्ने कुराले पनि यसको आयु निर्धारण गर्छ । राष्ट्रपति पौडेलको मुटुमा भने स्थायी पेसमेकर राखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

पेसमेकर सामान्य उपचार पद्धति भएकाले यो राखेका व्यक्तिहरुले सामान्य दैनिक यसले क्रियाकलापमा त्यति प्रभाव पार्दैन । विद्युतीय उपकरणहरू माइक्रोवेभ, टेलिभिजन, रेडियो, मोबाइल, हेयर ड्रायर, वासिङ मेसिनको प्रयोग गर्दा भने ध्यान दिनुपर्ने हुन्छ ।

राष्ट्रपतिमा पदबहाली भएयता उनी विभिन्न समयमा गरी पाँचपटक अस्पताल पुगेका छन् । २०७९ फागुन २७ गते बहाली भएका उनी चैत १८ गते छातीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

पाँच दिनको उपचारपछि डिस्चार्ज भएका उनी फेरि वैशाख ४ गते शिक्षण अस्पताल नै पुगे । त्यतिबेला उनको फोक्सोमा संक्रमण देखिएको थियो । वैशाख ५ गते शिक्षण अस्पतालमा नै रहेका राष्ट्रपतिलाई थप उपचारका लागि वैशाख ६ मा भारत लगिएको थियो ।

भारतबाट उपचार गरेर फर्किएको डेढ महिनामा नै उनको मुटुमा समस्या देखिएको हो । डा. गजुरेलका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था अहिले सामान्य छ । उनलाई चिकित्सकीय निगरानीका लागि अझै एक/दुई दिन अस्पतालमै राख्नुपर्ने हुन्छ । यसबीचमा पेसमेकर राखेपछि उनको स्वास्थ्यमा के कस्ता परिवर्तन आउँछन् भन्ने निगरानी गरिनेछ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro