site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सधैँजस्तै यस वर्षको बजेटप्रति पनि संसद् र समाजमा असन्तुष्टि व्यक्त भएको छ । प्रमुख विपक्षी दलका नेताले बजेट पारित हुन नदिने चेतावनी दिएका छन् । 

संसदीय पद्धतिमा यसो हुनु नौलो होइन । तर, सत्तारुढ घटककै एउटा दलका नेतादेखि सांसदसम्मले बजेट पारित हुन नदिने ‘अराजक’ घुर्की लगाउनु भने असंसदीय आचरण हो ।

बजेटमा धेरै कमजोरी होलान् र तिनमा सुधार हुनुपर्छ भन्नु अनुचित पनि होइन । तर, त्यसक्रममा राजनीतिक नैतिकता र संसदीय परम्पराको उपेक्षा भयो भने पद्धति नै सङ्कटमा पर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेकपा (एकीकृत समाजवादी) सरकारमा सामेल भएको छ । यसैले मन्त्रिपरिषद्ले स्वीकृत गरेको बजेटका विपक्षमा मतदान त छाडौँ विरोध गर्ने नैतिक अधिकार पनि एकीकृत समाजवादीलाई हुँदैन ।

बजेटमा के हटाउनुपर्ने हो वा के थप गर्नुपर्ने हो भन्ने पनि त्यस दलका सांसदले सार्वजनिकरूपमा बताएका छैनन् ।यसले, तिनको घुर्की थप भागका लागि गरिएको ‘ब्ल्याकमेलिङ’जस्तो देखिएको छ । 

Global Ime bank

विपक्षले सरकारका प्रस्ताव विफल बनाउने प्रयत्न गर्नु अस्वाभाविक होइन । सत्ता पक्षका सांसदले नै बजेट पारित नगर्ने घुर्की लगाउनु भने असंसदीय र अराजक आचरण हो । 

सरकारमा बसेर बजेट विफल बनाउने धम्की दिनु असंसदीय तथा अरापक प्रवृत्ति हो । यस्तो प्रवृत्तिले संसद् र सरकार त अस्थिर हुन्छ नै समाजमा पनि अराजकता बढ्छ । 

बजेटका पक्षमा मत दिनै नसक्ने हो भने नेकपा (एस)ले सरकारबाट हट्ने निर्णय गर्नुपर्छ । औपचारिकरूपमा विपक्षी भएपछि बजेटविरुद्ध मत दिएमात्र त्यो संसदीय आचरण ठहरिन्छ । 

विसं २०५१ सालमा नेपाली कांग्रेसका ‘छत्तीस’ जना सांसदका कारण नीति तथा कार्यक्रम पारित नहुँदा सरकार गिरेको थियो । त्यसपछि सुरु भएको राजनीतिक विकृतिले मुलुक अझै आक्रान्त छ । 

नेपाली कांग्रेसले ‘छत्तीसे’ प्रवृत्तिको मूल्य अहिलेसम्म चुक्ता गरिरहेको छ । असंसदीय र अराजक ‘छत्तीसे प्रवृत्ति’ दोहोर्‍याउने धम्की नेकपा (एस)कै लागि प्रत्युत्पादक हुनसक्छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय