site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

तामझामसहित उद्घाटन गरिएको ६ पहिनापछि मात्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडानका रूपमा चार्टर गरिएको चिनियाँ विमान ओर्लेको छ । विमान मूलतः पोखराको फेवातालमा हुने ‘नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभल’ नामक डु‌ंगा दौडमा भाग लिने खेलाडी लिएर आएको हो । 

त्यसो त जहाजमा चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष र नेपाली प्रतिनिधि मण्डलका सदस्यहरू पनि यही उडानबाट फर्केका छन् । विमानमा १३० जना यात्रु रहेको जानकारी दिइएको छ । यत्तिले पनि उडान नियमित हुने आशामा पोखरेलीहरू उत्साहित भएको हुनसक्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चिनियाँ ऋणमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक पक्ष दृष्टिबाट नेपालको ‘हम्बनटोटा’ बन्ने प्रबल जोखिम रहेको देख्नेहरूको सङ्ख्या पनि सानोतिनो भने छैन । पहिलो अन्तर्राष्ट्रिय उडानका लागि ६ महिना लाग्नुले पनि त्यस्तै शङ्का बढाएको छ ।

भौतिक संरचना निर्माण गर्दा आर्थिकरूपमा मुलुकले धान्न नसक्ने वैदेशिक ऋण लिने कि नलिने भन्ने विषयमा पोखरा विमानस्थल एउटा पाठ हुनसक्छ । परन्तु, अब नेपालका सामु बनिसकेको विमानस्थललाई सकेसम्म सदुपयोग गर्नुबाहेक अर्को युक्तिसङ्गत विकल्प देखिँदैन ।

Global Ime bank

पोखरा विमानस्थलमा यसको क्षमताको अधिकतम प्रयोग हुनेगरी नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएमात्र यसलाई हम्बनटोटाको अर्को संस्करण हुनबाट जोगाउन सकिन्छ । यसका लागि नेपाल र चिनियाँ सरकारका साथै निजी क्षेत्र पनि मिलेर संयुक्त प्रयास गर्नुपर्ने देखिन्छ । 

यसैले नेपाल सरकारले नेपाल वायुसेवा निगम र पोखरा, लुम्बिनी तथा काठमाडौंका पर्यटन व्यवसायीसँग मिलेर दीर्घकालीन योजना बनाउन ढिलो गर्नु हुँदैन । चीन सरकारले ‘ऋणपासो’को बदनामीबाट जोगिनैका लागि भए पनि पोखरा आउने चिनियाँ पर्यटकलाई आकर्षक सुविधा दिएर प्रेरित गर्नु उचित हुनेछ ।

पोखराका पर्यटक आकर्षित गर्न सकेमात्र नियमित व्यावसायिक उडान हुनसक्ने देखिन्छ । विदेशी पर्यटकहरू पोखरा हुँदै लुम्बिनी र काठमाडौ‌ं जान रुचाउने वातावरण बनाएमा वा काठमाडौं आउने विमानमा आएका पर्यटक पोखरा पनि जाँदा तुलनात्मक फाइदा भयो भने त्यहाँ पक्कै पनि नियमित व्यावसायिक उडान थपिनेछ ।

सरकारले पर्यटक, पर्यटन व्यवसायी र विमान सेवाहरूलाई उचित सुविधा एवं सहुलियत उपलब्ध गराउने हो भने पोखरा विमानस्थलले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर््याउन सक्छ । ‘मीतको भरमा छोरो पाल्न खोज्ने’ वा ‘भगवान भरोसामा बस्ने’ हो भने पोखरेली त निराश हुनेछन् नै विमानस्थल ‘सेतो हात्ती’ साबित हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय