site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शोक प्रस्ताव पारित गरेर रोकियो संसद् बैठक
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ ।

बैठक सुदूरपश्चिम प्रदेशका आतरिक मामिला तथा कानुनमन्त्री पृथ्बीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पािरत गरी स्थगित भएको हो ।

मंगलबार सडक दुर्घटनामा सिंहको निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक आजै आधाघण्टापछि बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिए ।

प्रतिनिधिसभामा आजदेखि नयाँ अभ्यास सुरुआत भएको छ ।

कार्यव्यवस्था समितिको बैठकले प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधिसभाका बहालवाला सांसद सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने निर्णय गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro