site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मंकीपक्ससित मिल्दोजुल्दो लक्षण छ ? यी नम्बरमा फोन गर्नोस्

काठमाडौं । गएको शुक्रबार (असार १) नेपालमा पहिलोपटक पुष्टि भएको मंकीपक्स (एमपक्स) संक्रमण ११२ देशमा फैलिइसकेको छ ।

नेपालमा विदेशी नागरिकमा मंकीपक्स पुष्टि भएको हो । ६० वर्षीया नेदरल्यान्ड्सकी नागरिकमा एमपक्स पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि उनमा असार १ गते एमपक्स पुष्टि भएको थियो । दक्षिण अफ्रिकी मुलुक बुरुन्डीबाट उनी एमपक्स र डेंगीको लक्षणसहित नेपाल आइपुगेकी थिइन् ।

भाइरसबाट हुने मंकीपक्स एक किसिमको सरुवा रोग हो । हाल यो संक्रमण विश्वव्यापी चासोको जनस्वास्थ्य आपत्कालको अवस्थामा भने नरहेको मन्त्रालयले जनाएको छ ।

ज्वरो आउनु, सामान्यतया ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखापर्नु, सो डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको, ढाड र मांसपेशी दुख्नु र शरीरका ग्रन्थीहरू बढ्नु मंकीपक्स रोगका लक्षण हुन् ।

कोही व्यक्तिमा मंकीपक्ससित मिल्दोजुल्दो लक्षण देखिए अस्पताल गई चिकित्सकको सल्लाह लिन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयको कल सेन्टर १११५ वा ११३३ मा सम्पर्क गरेर पनि परामर्श लिन सकिने जनाइएको छ ।

wefg1687325851.jpg

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ११:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro