site stats
बाह्रखरी :: Baahrakhari
देश
आरती साह मृत्यु प्रकरण : श्रीमान् र ससुरा पूर्पक्षका लागि जेल चलान

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी २२ वर्षीया आरती साह मृत्यु प्रकरणमा आरतीका श्रीमान् मोतिलाल साह र ससुरा मदन साहलाई पूर्पक्षका ज‍ेल चलान भएका छन् ।

तीन दिनको बहसपछि मंगलबार जिल्ला अदालत धनुषाका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले आरोपितलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मृतक आरतीको बुबा विनोदप्रसाद साहले दिएको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सरकारी वकिल कार्यालयको तर्फबाट सुदीप दंगाल, जाहेरवालाको वकिल वरिष्ठ अधिवक्ता चन्द्र शर्मा मैनाली, अधिवक्ता इन्द्रप्रसाद अर्याल, रिङ्कु कुमारी यादव र राधा कुमारीले बहस गरेका थिए । 

प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता विनोद कुमार शर्मा, सुदीप कोइराला, दीपकबहादुर केसी र मदन पाण्डेले बहस गरेका थिए ।

गत जेठ ७ गते आरतीको शव भेटिएको थियो । आरतीको माइती पक्षले सुनियोजित रूपमा आरतीको हत्या गरिएको आरोप लगाएको छ । तर, श्रीमान् पक्षले विवाद भएपछि आरतीले आत्महत्या गरेको दाबी गरिरहेका छन् ।

असार १ गते झन्डै एक महिनापछि अदालतमा मुद्दा दर्ता भएको थियो । आरतीको परिवारले न्यायको माग गर्दै काठमाडौंमा प्रर्दशन गर्दै आएको छ ।

मंगलबार (आज) पनि अदालतभित्र बसह चलिरहँदा माइती पक्षले अदालत अगाडि प्रर्दशन गरिरहेको तियो ।

आरतीको विवाह दुई वर्ष अगाडि मोतीबाबुसँग भएको थियो । 
 
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्