site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सदनमा गृहमन्त्रीको जवाफ : विपद्का घटनामा १० जनाको मृत्यु, २६ बेपत्ता
फाइल तस्बिर।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । विपद्का घटनाबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ । यस वर्ष मनसुन सुरु भएसँगै विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको हो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु भएको जानकारी दिए । त्यस्तै, ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको उनले बताए । असार २ गते रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी असर परेको बताए ।

Agni Group
NIC Asia

गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड २०७७ अनुसार मृतकको परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए । उनले प्रभावित घरधुरीलाई पनि सोही मापदण्डअनुरुप तत्काल पुनःस्थापनाका लागि रकम उपलब्ध गराइने बताए ।

उनले राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारले स्थानीय तहलगायत सरोकारवाला निकाय सबैसँग समन्वय गरी काम गरिरहेको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय