site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अमेरिकाविरुद्ध ब्याटिङमा फिनिसिङ र बलिङमा सुधारको अपेक्षा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा मंगलबार अमेरिकाविरुद्ध मैदान उत्रिँदा नेपाल ब्याटिङमा फिनिसिङ र बलिङमा सुधारको लक्ष्यमा हुनेछ ।

यसअघि पहिलो खेलमा कमजोर फिनिसिङ र फितलो बलिङका कारण नेपाली टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । जिम्बाब्वेविरुद्ध कुनै समय १७१–१ को अवस्थामा रहेको नेपालको ब्याटिङ त्यसपछि लयभंग हुँदा निर्धारित ५० ओभरमा २९०–८ को अवस्थामा पुगेको थियो । फितलो बलिङका कारण नेपालले जिम्बाब्वेलाई दबाबमा राख्न सकेन । त्यसैले अमेरिकाविरुद्ध ब्याटिङमा फिनिसिङ र बलिङमा सुधार नेपालको मुख्य लक्ष्य हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

जिम्बाब्वेसँगको हारपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले पनि बलिङ राम्रो हुन नसकेको स्वीकार गरेका थिए । “हामीले अपेक्षाअनुसारको बलिङ गर्न सकेनौं । विशेषगरी हामीले मध्यक्रममा राम्रो गर्न सकेनौं । हामीले ब्याटिङ पनि अझ राम्रो गर्न सक्थ्यौं । उनीहरूले राम्रो ब्याटिङ गरे । हामी शिर उच्च राख्दै अमेरिकाविरुद्धको खेलमा र सुपर सिक्समा प्रवेश गर्नका हेर्नेछौं,” रोहितको प्रतिक्रिया थियो ।

समूह ‘ए’ रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि नेपाल जिम्बाब्वेसँग आठ विकेटले हार्दा अमेरिका भने दुई पटकको विश्व विजेता वेस्ट इन्डिजविरुद्ध ३९ रनले पराजित भएको थियो ।

Global Ime bank

नेपाली टिमले अमेरिकाविरुद्ध सम्भवतः प्रमुख बलर सोमपाल कामीलाई गुमाउनेछ । जिम्बाब्वेविरुद्ध ३४औं ओभरको तेस्रो बलमा उनको बुढी औंलामा चोट लागेपछि मैदानबाट बाहिरिएका थिए । खेलपछि उनको अवस्थाको बारेको नेपाल क्रिकेट संघ (क्यान)ले कुनै जानकारी दिएको  छैन ।  

जिम्बाब्वेको तकसिंगा स्पोर्ट्स क्लबमा हुने खेल नेपाली समयअनुसार १२ः४५ बजेदेखि सुरु हुनेछ ।

‘प्लेयर्स टू वाच’
कुशल भुर्तेल (नेपाल) – नेपाली टिमका ओपनर ब्याटर कुशल पहिलो खेलमा जिम्बाब्वेविरुद्ध शतक बनाउनबाट एक रनले चुकेका थिए । जिम्बाब्वेविरुद्ध ९५ बलमा ९९ रन बनाएर आउट भएका कुशलको ब्याटिङ अमेरिकाविरुद्ध पनि नेपालको लागि महत्वपूर्ण बन्नेछ । कुशलले हालसम्म नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट एक शतक र ६ अर्धशतक प्रहार गरेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २२.९४ को औसतमा ८७२ रन बनाएका छन् ।

गजानन्द सिंह (अमेरिका) – पहिलो खेलमा दुई पटकको विश्व विजेता वेस्ट इन्डिजविरुद्ध शतक बनाएका गजानन्द नेपाली टिमका लागि चिन्ताको विषय हुनेछ । मध्यक्रम ब्याटर गजानन्दले वेस्टइन्डिजविरुद्ध १०१ रनको अविजित इनिङ खेलेका थिए । ३५ वर्षीय गजानन्दले अमेरिकाका लागि ३७.९५ को ब्याटिङ औसतमा १०११ रन बनाएका छन् । वेस्ट इन्डिजको यू–१९ टिमबाट समेत खेलिसकेका गजानन्दले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाका लागि पाँच अर्धशतक र एक शतक प्रहार गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement