site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टीओआरबारे छलफल गर्न कांग्रेसले माग्यो समय 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश आइतबार बेलुकासम्म टुंग्गो लगाउने तयारी भएको छ । कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यसमेत रहेका एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले कार्यादेशका विषयमा धेरै अन्तर नरहेको बताए ।

उनका अनुसार कांग्रेसले छलफलका लागि २० मिनेटको समय माग गरेको छ । “सैद्धान्तिक सहमति भएको छ । विषयगत रूपमा बुँदागत रुपमा टुंग्याउन उहाँहरू (कांग्रेस नेता)ले केही समय मागेको हुँदा अब बस्ने बैठकले थप निर्णय गर्ला । आज बेलुकासम्म टुंगो लाग्ला,” उनले भने । 

उनले सहमतिको नजिक पुगिएको बताए । कार्यदलको बैठक बिहानैदेखि कानुन मन्त्रालयमा बसेको हो । सहकारी प्रकरणबारे छानबिन गर्न समिति बनाउने सहमति शनिबार भएको थियो । टीओआरबारे टुंगो नलाग्दा प्रतिनिधिसभाको बैठक अनिश्चित भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro