site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाजवादी मोर्चा प्रतिक्रान्तिकारी र प्रतिगमनकारीविरुद्ध युद्धको घोषणा हो : प्रचण्ड

कठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवादी मोर्चा 'प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरूविरुद्ध युद्ध'को घोषणा भएको बताएका छन् ।

सोमबार समाजवादी मोर्चा घोषणा सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले मोर्चा 'प्रतिगमनकारी विरुद्धको युद्ध' घोषणा भएको बताएका हुन् । 

“वामपन्थी, अग्रमनकारी र क्रान्तिकारीहरू यस मोर्चाबाट डराउन जरुरी छैन,  आउनुस् हात मिलाऔँ । यस देशलाई अघि बढाउने संकल्प गरौँ,” प्रचण्डले भने, “झण्डै ७५ वर्षदेखिको संघर्ष र बलिदानलाई बलिदान र त्यसको उपलब्धिलाई बदनाम गर्न खोज्ने केही मान्छेहरूले टाउको उठाउन खोजेका छन् । यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो ।”

उनले जेलनेल र बलिदान गरेर ल्याएका उपलब्धिका विरुद्ध लाग्नेहरूका लागि मोर्चा अभियान र युद्ध दुवै भएको बताए । उनले परिवर्तनका लागि संघर्ष गरेकाहरूलाई होच्याउनेविरुद्ध मोर्चा बनेको बताए ।

“प्रतिक्रान्तिकारीहरूका विरुद्ध, प्रतिगमनकारीका विरुद्ध यो मोर्चा हो, हिजो सामन्ती व्यवस्था कस्तो थियो । त्यसकाविरुद्ध संघर्ष गरेर आएकाहरूलाई हियाउनेहरू विरुद्ध उभिनुपर्छ, उभिन्छौँ,” उनले भने, “आउनुहोस् परिवर्तनकामीहरू मोर्चाबद्ध भएर सहकार्य गरौँ । परिवर्तन विरोधी गतिविधिका विरुद्ध एक भएर प्रतिवाद गरौँ ।”

प्रधानमन्त्री पदमा बहाल रहेका प्रचण्डले सत्तामा र सडकमा एकसाथ संघर्ष गर्ने पनि बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro