site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सभामुख घिमिरेले सांसद मण्डलको नियमापत्ति नबुझेपछि...
फाइल तस्बिर ।

काठमाडौं । सभामुख देवराज घिमिरे सोमबार प्रतिनिधिसभा बैठकमा अलमलमा परे ।

सभामुख घिमिरेले प्रतिनिधिसभा बैठकको शून्य समय सकिएको जनाएपछि स्वतन्त्र सांसद योगेन्द्र मण्डलले उठेर नियमापत्ति जनाएका थिए । आफूले शून्य समयमा बोल्न नपाएकोप्रति संकेत गर्दै उनले नियमापत्ति गरेका थिए ।

“पूरा कन्फ्युज छु सभामुख महोदय ! मैले एक कक्षामा पढेको थिएँ, मेरो गुरुले पढाउनुभएको थियो– म बाट य आउँछ र हैन ल हैन । यहाँ त मैले पढेको गलत हो कि अरूले पढेको बिर्सिए कि गलत पढेको हो ? यो जवाफ चाहियो,” सांसद मण्डलले भने ।

सभामुख घिमिरेले मण्डलको सांकेतिक नियमपात्ति नै बुझेनन् । उनले संसद् सचिवालयका कर्मचारीलाई ‘के भनेको ?’ भनेर सोधे र छलफल गरे । एक छिन सदनमा मौनता छाएपछि सभामुख बोल्न थाले ।

“शून्य समयमा बोल्ने माननीयहरूले आफ्नो नाम टिपाउने व्यवस्था छ । माननीय योगेन्द्र मण्डलले आपत्ति राख्दा मेरो नाम आएन भनेको बुझ्यौँ । उहाँको नाम आजको कार्यसूचीभित्र त छ, तर उहाँले बोल्नेमा नाम टिपाउनुभएको छैन,” सभामुख घिमिरेले भने, “हामीले गरेको व्यवस्थाअन्तर्गत कहाँ के कुरा मिलेन, त्यसलाई बसेर मिलाउने कुरामा माननीयज्यूहरूको भूमिका रहनुपर्नेछ । लागेको बेला दोहोरो छलफल गरेर नियमावली कार्यान्वयनमा अलि सहयोग पुग्दैन होला भन्ने कुरामा ध्यानाकर्षण गराउँछु ।”

टिपाएका नामहरू प्राविधिक कारणवश छुट्न सक्ने उनले बताए । तर, आजको बैठकको शून्य समयमा बोल्न मण्डलले नाम नटिपाएको जानकारी पनि उनले दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro