site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच बेइजिङमा वार्ता
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन ग्याङबीच महत्त्वपूर्ण भेटवार्ता भएको छ ।

दुईदिने भ्रमणका लागि अमेरिकी विदेशमन्त्री आइतबार बेइजिङ पुगेका थिए । बेइजिङमा चिनियाँ विदेशमन्त्रीसँग ‘स्पष्ट, ठोस र रचनात्मक’ वार्ता भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

विश्वका दुई महाशक्ति र ठूला अर्थतन्त्रका शीर्ष अधिकारीबीच पाँच वर्षको अवधिमा पहिलोपटक वार्ता भएको हो । यो वार्ताले थप उच्चस्तरीय वार्ताका लागि बाटो खुला गर्ने ठानिएको छ ।

“विदेशमन्त्रीले कूटनीतिको महत्त्वलाई जोड दिनुभयो र गलत धारणा र गलत गणनाको जोखिम कम गर्नका लागि सम्पूर्ण मुद्दामा सञ्चारको खुला च्यानल कायम राख्नेमा जोड दिनुभयो,” अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Royal Enfield Island Ad

चिनियाँ विदेशमन्त्री छिन ग्याङले चीनले संयुक्त राज्य अमेरिकासँग ‘स्थिर, अनुमानित र रचनात्मक’ सम्बन्ध निर्माण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

ब्लिन्केनले चिनियाँ विदेशमन्त्री ग्याङलाई वासिङगटन डीसीको भ्रमण गर्न निम्तो दिएका छन् ।

दुवै पक्ष वार्ता जारी राख्न र उपयुक्त समयमा पारस्परिक भ्रमणको तालिका बनाउन सहमत भएका छन् । अलजजिराबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro