site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालेनविरुद्ध अदालत जाँदै सिनेमा हल व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाले हिन्दी सिनेमा प्रदर्शन गर्न नदिएपछि सिनेमा हल व्यवसायीहरू अदालत जाने भएका छन् । काठमाडौं महानगरपालिकाभित्रका सिनेमा घरमा आजबाट हिन्दी सिनेमा चलाउन नदिने कामपा मेयर बालेन शाहले बताएपछि सिनेमा घर सञ्चालकहरू अदालत जाने तयारीमा जुटेका छन् । 

“हामी कानुन व्यवसायीहरूसँग छलफलमा छौँ । उहाँहरूसँग छलफल गरेर हिन्दी सिनेमा चलाउन नदिने काठमाडौं महानगरपालिका र मेयर बालेन शाहविरुद्ध अदालतमा जाने तयारीमा छौँ,” सिनेमा घर क्यूएफएक्सका सञ्चालकमध्येका एक भाष्कर ढुंगानाले बाह्रखरीसँग भने, “समय अभाव भएन भने हामी आजै अदालत जाने छौँ ।” 

संघीय सरकारले हिन्दी सिनेमा ‘आदिपुरुष’ सेन्सर गरेर चलाउन अनुमति दिएको अवस्थामा स्थानीय सरकारले रोक्न मिल्छ कि मिल्दैन ? उनको प्रश्न छ । 

“सिनेमा चलाउन दिने अधिकार संघ सरकारको हो कि स्थानीय सरकारको हो भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ । सञ्चार मन्त्रालयले पनि विज्ञप्तिमा सिनेमा चलाउन दिने वा नदिने स्पष्ट गरेको छैन, ध्यानाकर्षण भयो मात्रै भनेको छ,” उनले बाह्रखरीसँग भने, “सेन्सर बोर्डले सेन्सर गरेर चलाउन दिएपछि चलाउन पाउनु पर्ने हो । सेन्सर बोर्ड संघीय सरकार मातहत हुने भएकाले त्यसको निर्णय मान्नु पर्छ कि पर्दैन भन्ने पनि सरकारले स्पष्ट गर्नु पर्ने हो ।” 

मेयर बालेनले हिन्दी सिनेमा ‘आदिपुरुष’मा सीता भारतकी छोरी हुन् भन्ने संवाद हटाउन माग गरेका छन् । 

‘आदिपुरुष’मा रहेको विवादित संवाद हटाउन तीन दिनको समय दिए पनि उक्त सिनेमाको सो संवाद नहटाइ भारतसहित विश्वभर चलाइएको भन्दै काठमाडौंका हलमा आजदेखि कुनै पनि हिन्दी सिनेमा चल्न दिइएको छैन । 

काठमाडौं महानगरपालिका क्षेत्रभित्र राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने मेयर बालेनको भनाइ छ । 

काठमाडौं महानगरपालिकाले आजदेखि काठमाडौंमा भारतीय सिनेमा चल्न नदिने

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro