site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
काठमाडौं महानगरपालिकाले आजदेखि काठमाडौंमा भारतीय सिनेमा चल्न नदिने 

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि काठमाडौं महानगरपालिकाभित्रका हलमा भारतीय सिनेमाको प्रदर्शनमा रोक लगाएको छ ।

भारतीय चलचित्र आदिपुरुषमा रहेको विवादित संवाद हटाउन तीन दिनको समय दिइएको तर भारतीय फिल्ममा निर्वाध सो संवाद कायमै रहेकाले आजदेखि हलमा कुनै पनि भारतीय चलचित्र चल्न नदिने महानगरपालिकाले जनााएको छ । 

Dabur Nepal
NIC Asia

यसअघि महानगरका मेयर बालेन शाहले उक्त चलचित्रमा रहेका संवाद हटाउन तीन दिनको समय दिएका थिए । कामकपा मेयर बालेन शाहले आजदेखि महानगरका सिनेमा हलमा हिन्दी सिनेमा चल्न नदिने जानकारी दिएका छन् । 

नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने भन्दै मेयर बालेनले भारतीय सिनेमा चल्न नदिने स्पष्ट पारेका छन् । “नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।”

पोखरामा पनि हिन्दी चलचित्र प्रदर्शनमा रोक
  
काठमाडौं महानगरपालिका क्षेत्रभित्र राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने उनको भनाइ छ । त्यसैले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमबार (आज)देखि निषेध गरिएको उनले भनेका छन् ।

महानगरपालिकाको निर्णयमा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले ऐकबद्धता जनाएका छन् । नेपालमा नेपाली चलचित्रले प्राथसमकता पाउनु पर्ने उनले आवाज उठाउँदै आएका छन् । 

भारतीय पक्षबाट नेपाली सार्वभौमसत्ता तथा राष्ट्रिय सम्मानविरुद्ध आक्रमण गर्दै आएको उनले बताएका छन् । ‘आदिपुररुष यसको निरन्तरता मात्रै भएको उनको भनाइ छ । 

उनले ‘आदिपुरुष’ प्रदर्शन रोकेर भारत सरकारसँग आफ्नो अडान स्पष्ट राख्न पनि सरकारसँग माग गरेका छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro