राजनीति

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत आज सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० ०६:३४
प्रतिक्रिया दिनुहोस्