site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सरकार र पहिचानवादीबीच भोलि वार्ता हुँदै
फाइल तस्बिर ।

विराटनगर । कोसी सरकारले प्रदेश नामकरणको विरोध गरिरहेका पहिचानवादीसँग भोलि वार्ता गर्ने भएको छ । दुई पक्षबीच सोमबार बिहान विराटनगरको बिग होटलमा वार्ता हुने तय भएको हो ।

कोसी प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा वार्ता समिति गठन भएको छ । समितिमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन् ।

सरकारले वार्ता आह्वान गरे पनि पत्राचार नगरेको भन्दै पहिचानवादी वार्तामा आएका थिएनन् । 

आन्दोलनकारी पक्षले पनि वार्ता समिति बनाएको छ । समितिमा गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा , गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगु छन् । 

गत फागुन १७ मा प्रदेश सभाले प्रदेशको नाम ‘कोसी’ पारित गरेपछि आन्दोलन चर्किएको छ । यसक्रममा एक आन्दोलनरत पक्षका पदम लिम्बू लाजेहाङको मृत्यु भएको छ ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  २१:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro