site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अपर्याप्त र असफल नै भए पनि चुरे संरक्षणको प्रयास नगरिएको भए अहिलेसम्म नेपालीको ठूलो सङ्ख्याले भयावह विनाश र अकल्पनीय विपत्ति भोगिसक्नुपर्थ्यो । यद्यपि, चुरे मासिने जोखिम अझै कायमै छ । 

चुरे पहाडको शृङ्खला नेपालको भित्री मधेस र तराईका जनताको जीवन नै हो । अहिले अतिशयोक्ति लाग्ला तर चुरे सकियो भने त्यस क्षेत्रको जीवन पनि समाप्त हुनेछ । 

प्राकृतिक वातावरण र मानव जीवनबीचको अन्तर्सम्बन्धको यो सामान्य तर शाश्वत सत्य युगौंदेखि सबैले आत्मसात् गर्दै आएका छन् । विडम्बना, यो सत्य बुझेर पनि शासकहरूले भने आत्मघाती अज्ञान देखाइरहेका हुन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको प्रकृतिमा विशेषगरी वनमा शासकहरूको आत्मघाती आँखा लागेको र तिनले दोहन गर्न थालेको युगौँ भइसकेको छ । राणाहरूले भारतको रेल वे विकासका लागि काठ बेच्न थालेदेखि अहिलेसम्म पनि वन मास्ने प्रवृत्ति यथावतै छ ।

वन र नदीका बीचमा पनि जीवन एवं प्रकृतिको जस्तो अन्योन्याश्रित सम्बन्ध हुन्छ । यसैले नदी जन्य पदार्थ निर्यात गर्ने सरकारी लोभले चुरे विनाशपछि अकल्पनीय विध्वंश निम्त्याउने निश्चित देखिन्छ । 

Global Ime bank

केही वर्ष भयो सरकारले यो वा त्यो नाममा चुरे क्षेत्रका नदीबाट ढुंगाबालुवा बेच्ने प्रस्ताव गरिरहेको छ । यद्यपि, बेचिहाल्ने आँट गर्नसकेको छैन । अर्थात्, चुरेलाई पनि सबैभन्दा धेरै खतरा ‘रक्षक’बाटै छ ।  

चुरेको संरक्षणका निम्ति २०७१ सालमा ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति’ गठन गरिएको थियो । राष्ट्रिय गौरवको आयोजना नाम दिइएको यस समितिको नियति पनि अरू आयोजनाभन्दा फरक भएन ।

यसैले नवौं चुरे संरक्षण दिवस मनाइँदासमेत विनाश र दोहनको जोखिम झन् बढेको देखिएको हो । वर्षको एकाधपटक फाटपुट वृक्षरोपण गरेर चुरे विनाशको क्रम र गति रोकिँदैन ।

साँच्नै नै चुरेको विनाश रोक्नका लागि त्यसमा आश्रितहरू सजग हुनु पहिलो सर्त हो । तिनले चुरेविनाको आफ्नो र सन्तानको जीवन अकल्पनीय विध्वंशको भुमरीमा फस्ने सत्य आत्मसात गर्नुपर्छ । 

चुरे जोगाउन धेरै टाउको दुखाएर योजना बनाउन पनि पर्दैन । मानिसले छेडछाड गर्न छाड्नेबित्तिकै चुरेमा ‘नयाँ रक्तसञ्चार’ सुरु हुनेछ र केही वर्षमै मान्छेले अहिलेसम्म लगाएका सबै चोट निको हुनेछ ।

कुनै पनि नाम वा बहानामा चुरेभित्र आधिकारिकरूपमा प्राकृतिक सम्पदाको दोहन खुला गरियो भने तिव्र विनाश र अकल्पनीय क्षति रोक्न सकिने छैन । यसैले सबैभन्दा पहिले ढुंगाबालुवा बेच्ने नाममा विध्वंशको ढोका खोल्ने षड्यन्त्र रोकियोस् । चुरेको दीर्घ र स्वस्थ जीवनको शुभकामना ! 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०८०  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय