site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बालेनलाई ५० हजार जरिबानादेखि उडानमा प्रतिबन्ध लाग्न सक्छ !

काठमाडौं । नयाँ भवन निर्माणको विषयलाई लिएर नेपाल नागरिक उड्ययन प्राधिकरण र काठमाडौं महानगरपालिकाबीच द्वन्द्व बढेको छ । दुवै निकायले एकअर्काविरुद्ध सूचना र स्पष्टीकरणपत्र काटेका छन् ।

नक्सा पास भए नभएको सोधेको महानगरले बिहीबार नयाँ कार्यालय परिसरमा पुगेर फेन्सिङ तारबार काटिदिएपछि प्राधिकरणले पनि सात दिनभित्र चित्तबुझ्दो जवाफ नदिए किन कारबाही नगर्ने भनी ? पत्र काटेको छ ।

के भएको थियो ? 

बिहीबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीसहित नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्त्वको टोली नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ भवनमा पुगे ।  प्राधिकरणको नयाँ भवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पर्छ ।
 
उक्त भवन काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा पर्छ ।  वडा नम्बर ९ स्थित नक्सा सिट नम्बर १०२–११४७–१५ रहेको कित्ता नम्बर ३० को जग्गा प्राधिकरणले तारबार गरेको छ । यस जग्गामा नेपाल नागरिक उड्डन प्राधिकरणले नयाँ भवन निर्माण गरको छ । 

उक्त भवन नक्सा पास नगरेको भन्दै महानगरपालिकाले बिहीबार सात दिनभित्र जानकारी गराउनू भन्दै प्राधिकरणलाई पत्र लेखेको थियो । त्यतिमात्रै नभएर प्राधिकरणको उक्त भवनमा बाँकी रहेको काम अघि नबढाउन महानगरको टोलीले आदेश दिएको प्राधिकरण स्रोतले जानकारी दियो ।


प्राधिकरणलाई कुनै पनि जानकारी नगराइ काम अघि बढाएको भन्दै महानगरको टोलीले फेन्सिङ तारबार काटिदिए । प्राधिकरणका कर्मचारीले पटक पटक तार नकाट्न आग्रह गर्दा पनि महानगरले अँटेरी गरेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

त्यसपछि प्राधिकरणले पुर्वसूचनाबिना तार किन काटेको भनेर नगरप्रहरी प्रमुखसँग जवाफ माग्यो ।  त्यसको जवाफमा नगर प्रहरी प्रमुख पाण्डेले महानगर प्रमुखको आदेशमा सो कार्य गरेको थप बुझ्न महानगर जानूस् भनी जवाफ दिए ।

महानगरपालिकाले तारबार काटेपछि मात्रै बेलुका सात दिने पत्र काटेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले पनि शुक्रबार महानगरपालिकाका मेयर बालेन शाह, वडा नम्बर ९ का अध्यक्ष भण्डारी र नगर प्रहरी प्रमुख पाण्डेलाई सातदिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणका उपप्रबन्धक चन्द्र शर्माले बालेन शाहका नाममा पत्र लेख्दै लिखित स्पष्टीकरण माग गरेका छन् ।

“फेन्सिङ तारबार काटी लैजाने कार्यमा तपाइँको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा तपाईलाई नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन, २०५३ को दफा (२५ (१) बमोजिम सजाय किन नगर्ने हो ?,” शाहलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ ।

प्राधिकरणले स्पष्ट कानुनका दफा किटान गर्दै किन कारबाही नगर्ने ? भनी पत्र काटेपछि दुईवटा निकायबीच द्वन्द्व बढ्ने देखिन्छ ।

“कसैले दफा ७ बमोजिम प्राधिकरणले नियमित वा निषेध गरेका काम कुराहरू प्राधिकरणको पूर्वस्वीकृतिबिना गरेमा वा प्राधिकरणले स्वीकृति दिँदा कुनै शर्त तोकिदिएमा त्यस्तो शर्त विपरीत हुने गरी कुनै काम गरेमा त्यस्तो व्यक्तिलाई प्राधिकरणले पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ,” नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा २५ (१) मा उल्लेख छ ।
 
यस्तै प्राधिकरणका सहप्रवक्ता भुलले विमानस्थल सुरक्षामा आँच आउने खालका गतिविधि गरेमा ‘गैर सैनिक हवाई ऐन २०१५’, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५१’ र नेपाल नागरिक उडान सुरक्षा नियमावली २०७३ अनुसार हवाई उडानमासमेत प्रतिबन्ध गर्ने अधिकार भएको बताए ।

उनले विमानस्थलभित्र सुरक्षामा आँच पुग्ने र सुरक्षा भड्किने खालका कुनै पनि क्रियाकलाप गरेमा उडानमा समेत प्रतिबन्ध लाग्ने व्यवस्था रहेको बताए । उनलाई कस्तो कारवाही हुन्छ भन्ने बारेमा स्पष्टीकरणको व्यहोरा हेरेपछि थप भन्न सकिने प्राधिकरणले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro