site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सदनमा विचाराधीन विधेयकमा समितिले छलफल गर्नु अनुचित : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापाले अर्थ समितिमा भइरहेका छलफल अनुचित भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा सांसद थापाले आर्थिक विधेयक, २०८२ संसद्‌मा विचाराधीन रहेकाले संसदीय समितिमा छलफल गर्न नहुने बताए । 

"सभापतिज्यूले परिपक्व हिसाबले समितिको काम कारबाही गर्नुभएन । विचाराधीन विधेयकमा यसरी छलफल चलाउन सभापतिलाई के आइलाग्यो ?," थापाले भने, "अहिले हामीले छलफल गरेर संशोधन हुन सक्दैन । अर्थमन्त्री स्वयं उपस्थित हुनुहुन्न ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समितिले विनियोजन विधेयकमा छलफल गर्न आजसहित दुई दिन बैठक राखिसकेको छ । यसअघि, गत आइतबार पनि बैठकमा विनियोजन विधेयकमाथि छलफल भएको थियो ।

समितिमा सुनमा लगाइएको विलासिता कर, भ्याट, औषधिमा लगाइएको भ्याट, जीआई रडमा लगाइएको करबारे छलफल भएको छ ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले यस्ता छलफलले सरकार र सांसदलाई धारणा बनाउन सहज हुने बताए । "गत वर्ष पनि दफा ५७ संशोधन भएको छ । यो वर्ष पनि टेक एन्ड पेको व्यवस्था संशोधन भएको छ । यो नजिर हो," पुनले भने ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १३:२९
प्रतिक्रिया दिनुहोस्